२८ मंसिर २०८०,झापा – झापाकाे खयरबारीमा एउटा हात्ती मृत फेला परेको छ । बिहीबार बाह्रदशी गाउँपालिका–१ खयरबारी क्षेत्रमा एउटा हात्ती मृत फेला परेको हो । जिल्ला वन कार्यालय झापाले हात्तीले केही दिनदेखि स्थानीयको सखरखण्ड खाएर क्षति गर्दै आएको थियो । सखरखण्डमा क्षति पुर्याएका कारण स्थानीयले थालेको विद्युतीय पासोमा हात्ती परेको अनुमान प्रहरीको छ । यो वर्ष जिल्लामा तीन वटा हात्ती मारिसकेको छ । १ दशक यता जिल्लामा ५९ जना मानिस र ढेड दर्जन हाराहारीमा हात्तीकाे मृत्यु भइसकेकाे डिभिजन बन कार्यालय झापाले जानकारी दिएकाे छ ।

