दमकमा निर्माणधीन परियाेजनामा लाखौं मुल्यका बायो ग्याँस हावामा उडेर खेर जाँदै (फाेटाे फिचर)

२९ मंसिर २०८०/डिकेश लामा

आर्थिक अभावले दमकमा निर्माण थालिएको ग्याँस उत्पदान परियोजनामा दैनिक लाखौं मुल्यका बायो ग्याँस त्यतिकै खेर गईरहेको छ । सरकार, विश्व वंंैक र कम्पनीको झण्डै ३० करोड लगानी भइसकेको फोहोरबाट ग्याँस र मल निकाल्ने योजनाले पूर्णता पाउन सकेको छैन ।
ग्याँस प्रयोगमा आउन नसके पछि आगो सल्काएर खेर फाल्नु परिरहेको छ । दैनिक पूर्ण क्षमतामा चलाउँदा झण्डै २ देखि अढाइ लाख मुल्यमा विक्री हुने ग्याँस हावामा उडाएर सक्नु पर्दा निर्माण कम्पनिलार्य निक्कै ठूलो घाटा भइरहेको छ । विगत ६ महिना अघि देखि यसरी दैनिक १ हजार केजी बढी ग्याँस खेर गइरहेको छ । दमक नगरपालिकाले २० करोड बढी लगानीमा ५ बर्ष अघि देखि निर्माण थालेको योजना नेक्ट इरा इनर्जी प्रा.लि.ले निर्माण गर्दै आएको हो । बजेट अभावका काराण उत्पादित ग्याँस प्रयोगमा ल्याउन नसकेको प्रालिका प्रवन्ध निर्देशक विमल खतिवडाले बताउनु भयो । खतिवडाका अनुसार वैंकिङ प्रकृया थालिएको छ । वैंकबाट चाँडै ऋण उपलव्ध भए योजनाले छिट्टै पूर्णता पाउने उहाँले बताउनु भयो । निर्माणधीन परियोजनाबाट अहिलो ग्याँस र मल उत्पादन भइरहेको छ । यसबाट नकुहिने फोहोरबाट ब्लक र अण्डाको क्यारेट बनाउने योजना रहेको छ । कुहिने फोहोरबाट अहिले ग्याँस र मल उत्पादन भइरहेको उहाँले बताउनु भयो ।

दमक वडा नं. २ को हंसेदुम्से सामुदायिक बन क्षेत्रमा निर्माण भइरहेको योजना आवश्यक बजेट नपुग्दा प्रयोग विहीन बनेको हो । योजना अधुरो रहँदा बजार क्षेत्रका फोहोर व्यवस्थापनमा समेत चुनौती बढ्दै गएको छ । २० बर्ष पछि नगरपालिकाको स्वामित्वमा दिने भन्ने सहमतिमा निजी कम्पनिले थालेको योजना पुरा गर्न यस बर्ष समेत बजेट विनियोजन गरेको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो । प्रसाईंका अनुसार यो बर्ष मेशिन खरिदका लागि ४० लाख बजेट विनियोजन भएको छ । निर्माण कम्पनिले पनि उत्पादनका कार्यमा जोड दिनु पर्ने उहाँले बताउनु भयो ।

फोहोरबाट बायो ग्याँस निकाल्ने परियोजनाबाट अहिले दैनिक १ हजार ५ सय हाराहारी घर परिवारलाई पुग्ने ग्याँस खेर गईरहेको छ । सरकार र निजी कम्पनिको ४० /६० प्रतिशत लगानीमा करोडौं रकम खर्च भइसकेको वैकल्पिक उर्जालाई पुरा गर्न सके फोहोर व्यवस्थापनसँगै ठूलो परिमाणमा ग्याँस र जैविक मल उत्पादन गर्न नगरबासीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा हात्ती मृत फेलाः करेन्ट लागेकाे आशंका
Next post पूर्व गृहमन्त्री खाँण थुनामुक्तः अदालत र अख्तियार गरी ४५ लाख धराैटी बुझाइयाे