पक्राउ परेकाहरुक रिहाईको माग गदैं दमकमा यातायात बन्द

१ पुस २०८०,दमक– पक्राउ परेका आफना नेता तथा कार्यकर्ताहरुको रिहाईको माग गदैं दमकमा आज पहिचानवादीहरुले १ घण्टा यातायात बन्द गराएका छन् । पूर्वपश्चिम राजमार्गको दमकको मुख्य चौंकमा भेला भएका पहिचानवादीहरुले सडक अवरोध गरि प्रर्दशन गरेका हुन् ।
प्रर्दशनका क्रममा प्रर्दशनकारीहरुले प्रहरीद्धारा पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डव चौधरीसहितका सवै पहिचानवादीहरुलाई रिहाईको माग गरेका छन् । नेता तथा कार्यकर्ताका तत्काल रिहाइ गरिनु पर्ने प्रदेश १ पुनः नामाङ्गकन संघर्ष समिति दमकका संयोजक देवेन्द्र चेम्जोङ्गले बताउनु भयाे ।

यसैबीच झापाको केर्खावाट प्रहरीद्धारा पक्राउ गरेका पाँच जना सवै रिहा भएका छन् । रिहा हुनेमा ईलाम चुलाचुली गाउँपालिका १ का वडाअध्यक्ष ध्रुव लावतीसहित शिवसताक्षी नगरपालिका–७ का उदय सिंगु लिम्बू, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जसकुमार तामाङ, संघीय लिम्बुवान चुलाचुलीका अध्यक्ष नरेन्द्र लिम्बू र किरात राई विद्यार्थी संघ झापाका अध्यक्ष मिलन राई रहेका छन् । वडाअध्यक्ष लावती आन्दोलनरत संघीय लोकतान्त्रिक मञ्च नेपालका कार्यकर्ता हुन् । पक्राउ परेका पहिचानवादीहरुको रिहाईको माग गदैं उनीहरुलाई शनिवार केर्खाबाट पक्राउ गरि इलाका प्रहरी कार्यालय दमकमा राखिएको थियो । पक्राउ परेका उनीहरुलाई साँझ छाडिएको जिल्ला प्रहरी कार्यालय झापामा प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा सरकारको समर्थन मुल्य भन्दा धानको मुल्य उच्च पाए पछि किसानमा उत्साह (फाेटाे फिचर)
Next post उर्लाबारी माेरङकाे टासी ब्वाइजले हात पार्याे तेस्राे चेतशील कपकाे उपाधी