१ पुस २०८०, चुलाचुली (इलाम) विरेन्द्र सुब्बा– तेस्रो चेतनशील कप २०८० को उपाधी उर्लाबारी माेरङकाे टासी ब्वाइजले हात पारेकाे छ ।  मंसीर २५ गते देखि भएकाे आजकाे खेलमा निर्धारित समयमा खेल बराबरी भएकाे थियाे । बराबरीमा खेल टुङ्गिए पछि ट्राइव्रेकरमा ८ गाेलकाे विरूद्ध ९ गाेल गर्दै विजयी बनेकाे हाे । सेमिफाईनलमा आयोजक बी लाई हराएर फाइनलमा प्रवेश गरेको थियाे ।

चुलाचुली वडा नं. ५ चपेटीकाे खेल मैदानमा भएकाे खेलमा टशि ब्वाइजले चुलाचुली एफ सि दमकलाई हराएर फाइनलमा प्रवेश गरेको थियाे ।  खेलमा प्रथम हुने टिमले नगद ४० हजार रूपयाँ सहित प्रमाणपत्र र ट्रफि मेडल र दितीय हुने टिमले नगद २५ हजार रूपयाँ सहित प्रमाणपत्र र ट्रफि मेडल प्रदान गरेको खेलको अध्यक्ष डेनिस राईले बताउनु भयो । विजेता र उपविजेता टीमलाइ समापन कार्यक्रमकाे प्रमुख अतिथि चुलाचुली गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी लिम्बु याेङहाङले वितरण गर्नु भएकाे कार्यक्रम संचालक राम तामाङले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *