जन्मको आधारमा बुवाआमाको दुवैको नागरिकता नहुँदा छोराछोरीमा अझै समस्या

२१ पुस २०८०/बालदिवश तामाङ

नयाँ नागरिकता ऐनले जन्मको आधारमा नागरिकता लिएका परिवारलाई नागरिकता दिने भनिए पनि बुवा वा आमा मध्ये एकको नागरिकता नहुँदा समस्या भएको छ । ऐनले जन्मको आधारमा आमा बुवा दुवै जनाको नागरिकता अनिवार्य गरे पछि परिवारमा एक जनाको मात्र नागरिकता हुनेका छोराछोरी नागरिकता लिन बन्चित बनेका छन् । नयाँ ऐनमा जन्मको आधारमा दुवैको नागरिकता अनिवार्य हुनु पर्ने भनेको भन्दै नागरिकता उपलव्ध गराउन प्रशासन कार्यालयले नमाने पछि अझै पनि त्यस्ता धेरै परिवारमा झापामा समस्या रहेको छ । खासगरी आदिवासी समूदायमा त्यस्तो समस्या अधिक रहेको छ ।

गौरादह नगरपालिका वडा नं. ६ तेलियाडाँगीमा शर्मा जातीको एक सय घर बढी परिवारको बसोवास रहेको छ । बर्षौं देखि आमाबुवाको जन्मको आधारमा नागरिकता भएकै कारण युवा पुस्ताले नागरिकता नपाएकोमा धेरैले यस बर्ष नागरिकता पाए । तर अझै पनि केहीको समस्या भने समाधान हुन नसकेको स्थानीय बासिन्दाले बताएका छन् । बस्तीका पेल्टीदेवी शर्माको श्रीमान्को नागरिकता नभएकै कारण छोराछोरीले नागरिकता नपाएको गुनासो पोख्नु भयो । उहाँ जस्तै शर्मा गाऊँमा अरुको पनि समस्या रहेको छ ।

जन्मको आधारमा नागरिकता लिने बुवा आमा मध्ये एक जनाको नागरिकता नभएका परिवारले भने अझै छोराछोरीको नागरिकता बनाउन सकेका छैनन् । तर दुवै जना नागरिकता भएका परिवारका धेरै छोराछोरीले भने नागरिकता पाएको स्थानीय अगुवा चन्द्रप्रसाद बराई शर्माले बताउनु भयो । तर परिवारमा एकजना बुवा वा आमाको मात्र नागरिकता हुने धेरैको समस्या रहेकाले सरकारले यस तर्फ पनि चासो दिनु पर्ने उहाँले बताउनु भयो ।

सरकारले ७ महिना अघि जारी गरेको नेपाल नागरिकता संशोधित ऐनले नागरिकता नभएर समस्या परेका झण्डै ५ हजार हाराहारीले झापामा नागरिकता लिइसकेका छन् । तर बुवा आमा मध्ये एक जनाको नागरिकता नहुँदा ऐनले दिन नमिल्ने भए पछि त्यस्ता समस्या भने सम्बोधन हुन नसकेको इलाका प्रशासन कार्यालय दमकका प्रमुख महेशराज तिम्सिनाले बताउनुभयो । इलाका प्रशासन कार्यालय दमकमा मात्र त्यस्ता समस्या भएका ढेड सय भन्दा धेरै आएको उहाँले बताउनु भयो ।

कतिपय आदिवासी समूदायमा बुवाआमाले नै नागरिकता नबनाएका कारण अहिले त्यसको असर छोराछोरीमा देखिएको छ । नयाँ ऐनले धेरैको समस्या सम्बोधन गरे पनि जन्मको आधारमा नागरिकता लिएका एकल परिवारलाई भने नागरिकता प्राप्तीमा समस्या रहेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post छैंटौ पटक म्याद थपेर बनाइँदै बहुप्रतिक्षित कन्काइ पुल (फाेटाे फिचर)
Next post राष्ट्रिय सभा निर्वाचनकाे अन्तिम मतदाता नामावली सार्वजनिक: नेकपा माओवादी र एमालेले टुङ्गायाे उम्मेद्वारकाे नामावली