राष्ट्रिय सभा निर्वाचनकाे अन्तिम मतदाता नामावली सार्वजनिक: नेकपा माओवादी र एमालेले टुङ्गायाे उम्मेद्वारकाे नामावली

२२ पाैष २०८०,काठमाडौँ – माघ ११ गते  हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका  निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन सार्वजनिक गरेको छ ।  सात वटै प्रदेशको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली सार्वजनिक भइसकेकाे आयोगले जनाएको छ ।

प्रकाशित नामावली अनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ९३ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २ सय ७४ गरी जम्मा ३ सय ६७ जना मतदाता कायम भएका छन् । कोशी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४ हजार ९ सय २९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५२०६ गरी जम्मा १० हजार १ सय ३५ मतभार कायम गरिएको छ ।

मधेस प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या १ सय ७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २ सय ६७ गरी जम्मा ३ सय ७४ जना मतदाता कायम भएका छन् । मधेस प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५ हजार ६ सय ७१ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५ हजार ७३ गरी जम्मा १० हजार ७ सय ४४ मतभार कायम गरिएको जनाइएकाे छ ।

बागमती प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या १ सय १० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २ सय ३७ गरी जम्मा ३ सय ४७ जना मतदाता कायम भएका छन् । बागमती प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५ हजार ३ सय ८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४ हजार ५ सय ३ गरी जम्मा १० हजार ३ सय ३३ मतभार कायम भएको आयोगले जनाएको छ ।

गण्डकी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ६० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १ सय ७० गरी जम्मा २ सय ३० जना मतदाता कायम भएका छन्। गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ३ हजार १ सय ८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ३ हजार २ सय ३० गरी जम्मा ६ हजार ४ सय १० मतभार कायम गरिएको छ।

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २ सय १८गरी जम्मा ३ सय ५ जना मतदाता कायम भएका छन् । लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४ हजार ६ सय ११ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४ हजार १ सय ४२ गरी जम्मा ८ हजार ७ सय ५३ मतभार कायम भएको छ ।

कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ४० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १ सय ५६ गरी जम्मा १ सय ९६ जना मतदाता कायम भएका छन् । कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २ हजार १ सय २० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार २ हजार ९ सय ६४ गरी जम्मा ५ हजार ८४ मतभार कायम गरिएको छ।

सूदुरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १ सय ७६ गरी जम्मा २ सय २८ जना मतदाता कायम भएका छन् । सो अनुसार सुदुरपश्चि प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २ हजार ७ सय ५६ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ३ हजार ३ सय ४४ गरी जम्मा ६ हजार १ सय मतभार कायम गरिएको विवरण आयोगले आज सार्वजनिक गरेको छ ।

यसैबीच राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका छ वटा पदमा उठाउने उम्मेदवारहरुको नामावली टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीका पदाधिकारीहरुको बैठकले ६ जना उम्मेदवारहरु टुंगो लगाएको हो ।

बैठकले चम्पादेवी कार्की (काेशी), श्रीकृष्णप्रसाद अधिकारी (वाग्मती), मनरूपा शर्मा सुवेदी (गण्डकी), झक्कुप्रसाद सुवेदी (लुम्बिनी), विष्णु विक(कर्णाली) र रेणु चन्दलाई  सुदूरपश्चिमबाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।  कुल १९ सिट मध्ये माओवादीले ६ सीट परेको छ ।

यता नेकपा एमाले पनि राष्ट्रियसभाको उम्मेदवारको नामावली टुंगो लगाएको छ । एमालेले आज १९ वटै पदका लागि उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

जसअनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी), बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन) रहनु भएको छ ।

त्यसैगरी अपाङ्गता र अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्युवराज विश्वकर्मा (धादिङ), गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गतारअल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ), लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गतारअल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) रहनु भएको छ ।

सत्ता गठबन्धनबाट राष्ट्रियसभा सदस्यको १९ सिटमध्ये १० मा नेपाली कांग्रेस, ६ वटा नेकपा माओवादी केन्द्र, दुई वटा नेकपा एकीकृत समाजवादी र एउटा जनता समाजवादी पार्टी (जसपा) नेपालले उम्मेदवारी दिनेगरी टुङ्गो लागेको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जन्मको आधारमा बुवाआमाको दुवैको नागरिकता नहुँदा छोराछोरीमा अझै समस्या
Next post बाली विमाको भुक्तानी २ बर्षसम्म नपाउँदा किसान निरुत्साहितः अढाइ करोडको दावीमा ६३ लाख मात्र भुक्तानी