८ माघ २०८०, राजविराज– सप्तरीमा प्रहरी र जनमत पार्टीका नेता कार्यकर्ता बीच झडप हुँदा ६ जना घाइते भएका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवले शिल्यान्यास गर्ने राजविराज १३ स्थित विषहरियामा मधेश प्रदेश कृषि विश्वविद्यालयको कार्यक्रममा भएको झडपमा प्रदेशका मन्त्री सहित ६ जना घाइते भएका हुन् । घाइते हुनेहरूमा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेश प्रसाद यादबकोे टाउकोमा चोट लागेको छ । यस्तै प्रदेश सांसद सतिश कुमार सिंहकोे खुट्टामा चोट लागेको बताइएकाे छ ।

त्यस्तै मन्त्रीका स्वकीय सचिव अमरेन्द्र यादबको खुट्टामा चोट लागेको छ मन्त्री कै एकको प्रहरी जवान रामसरण महतो, मन्त्री कै सुरक्षामा खटिएका प्रहरी सहायक हवल्दार प्रभास कुमार मण्डल घाइते भएका छन्। घाइतेहरूको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *