सुरक्षा खाेज्दै इलाका प्रहरी कार्यलय दमक भित्रै जंगली हात्ती पसे पछि प्रहरी नै त्रसित (भिडियाे सहित)

८ माघ २०८०, सारासन्देश समाचार–  पछिल्लाे समय पूर्वी तराइका जिल्लामा उपद्राे मच्चाँदै आएका जंगली हात्ती साेमबार विहान दमककाे मुख्य चाेक बजार हुँदै इलाका प्रहरी कार्यलय दमक भित्र पसेकाे छ । दमक वडा नं. ६ मुख्य बजारबाट स्थानीय बासिन्दाले दक्षिण तर्फ धपाउँदै लगेकाे हात्ती प्रहरी कार्यालय भित्र प्रवेश गरेकाे हाे । मानिसकाे हाेहल्ला र साइरनकाे आवाजले त्रसित बनेकाे हात्ती सुरक्षित क्षेत्र खाेज्दै प्रहरी चाैकी भित्र प्रवेश गरेकाे हुन सक्ने प्रहरीले बताएका छन् । उत्तर देखि दक्षिण लखेटिएकाे हात्ती प्रहरी चाैकीकाे मुख्य गेटबाट भित्र पसेर प्रहरी परिसरबाट केहीवेर पछि बाहिरिएकाे इलाका प्रहरी कार्यालय दमका प्रमुख प्रहरी नायब उपरिक्षक मनाेज लामाले जानरकारी दिनु भयाे ।  दमक क्षेत्रमा प्रवेश गरेकाे ५ वटा हात्ती मध्ये एउटा हात्ती मानिसले लखेट्दा हंजाबाट छुटिएकाे थियाे । जंगली हात्ती बाक्लाे जनघनत्व भएकाे बजारमा प्रवेश गरे पछि बजारबासी त्रसित बनेका छन् ।

पछिल्लाे केही साता यता झापा, मोरङ र सुनसरी जिल्लामा दिउसै हात्ती सडक र बजारमा निस्कन थालेपछि स्थानीय बासिन्दा समेत त्रसित बनेका छन् । सोमबार विहान ४ बजे दमक बजारमा हात्ती पसेपछि बजारबासीमा त्रास बढेको थियो ।

दमकको बेलडाँगी स्थित हंसेदुम्से सामुदायिक वनबाट आहाराको खोजिमा निस्किएको हात्ती दमक बजार पसेपछि प्रहरीले स्थानीयको सहयोगमा हात्ती धपाउन सफल भएको जानकारी दिएको छ । मुख्य बजारबाट पश्चिमतर्फको बाटो हुँदै विहान ६ वजे चियाबगान देखि उत्तरतर्फ लखेटिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।  भारतबाट पछिल्लाे समय दर्जनाैं संख्यामा हात्ती नेपाल प्रवेश गरेकाे छ । उचित बसाेवास र चरन क्षेत्र नभएका कारण हात्तीहरू बस्ती र शहर पस्न थालेकाे हात्ती सम्बन्धी जानकार डिभिजन बन कार्यालयकी रेन्जर अन्जना पुरीले बताउनु भएकाे छ । पुरीका अनुसार हात्ती नियन्त्रण गर्नका लागि हात्ती धपाउने र त्रसाउने भन्दा पनि चरन क्षेत्र र बन जंगलमा हात्तीले खाने बाेट विरूवा राेप्नु पर्ने उहाँले बताउनु भयाे । पछिल्लाे समय जंगली हात्तीकाे प्रवेशले झापा जिल्लामा मात्र याे बर्ष ६ जनाले ज्यान गुमाइसकेकाे डिभिजन बन कार्यालय झापाले जनाएकाे छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झडपमा मधेस प्रदेश मन्त्री यादब सहित ६ जना घाइते
Next post लागु औषध भयावह बन्दैः जिल्ला अदालत झापामा आउने आधा भन्दा बढी लागु औषध सम्बन्धी मुद्धा