नेपालकै सवै भन्दा धेरै रहेको झापाका नेपाली हाते कागजका घरेलु उद्योग संकटमा (फाेटाे फिचर)

२१ माघ २०८०/डिकेश लामा

भारतीय कागजको आयात र उचित बजार नपाउँदा नेपाली हाते कागजको घरेलु उद्योगहरु धमाधम बन्द हुन थालेका छन् । झापामा २ बर्ष अघिसम्म ४१ वटा उद्योग संचालन हुँदै आएकोमा पछिल्लो समय १ दर्जन बढी उद्योगहरु बन्द भएका छन् । पछिल्लो समय आएको आर्थिक तरलता र भारतीय कागजहरु सस्तो मुल्य भित्रिए पछि नेपाली हाते कागज संकटमा पर्दै गएका हुन् ।

नेपालको सवै भन्दा धेरै नेपाली हाते कागज उत्पादन हुने झापामा पछिल्लो समय उद्योग संचालनमै समस्या भएको छ । यस अघि नेपालका विभिन्न भागमा कागज पठाउन सफल बन्दै आएको जिल्लामा भारतीय कागज र विच्यौलाका कारण समस्या भएको व्यवसायीले हरिप्रसाद खरेलले बताउनु भयो ।


घरेलु उद्योगमा अधिक महिलाहरुले काम गर्दै आएका छन् । बजारमा कागज विक्री घटे पछि उनीहरुको रोजगारी समेत गुम्न थालेको कामदार प्रज्वल गुरुङ्गले बताउनु भयो । गुरुङ्गका अनुसार श्रीमान् श्रीमतिनै भएर उद्योगमा लामो समय देखि काम गर्दै आएको भए पनि अहिले बजार मन्दि भएको कारण काम चल्न नसकेको उहाँले बताउनु भयो । प्रति प्रति २ रुपयाँ ५० पैसामा कागज बनाउँदै आएको दम्पतिले दिनमा १५ सय सम्म आम्दानी गर्दै आएका कामदारहरुले अहिले आधा पनि काम गर्न नसकेको उनीहरुले बताएका छन् ।

पूर्वी नेपालमा पाईने अरगेलीको लोक्ता तथा चुरे र पहाडी क्षेत्रमा पाइने बावियोबाट निर्माण गरिने नेपाली हाते कागज सरकारी कार्यालय देखि विदेशसम्म खपत हुने गरेको छ । तर उचित बजार नपाउँदा उद्योगहरु संकटमा परेको हस्तकला महासंघका केन्द्रिय सदस्य लक्ष्मिप्रसाद खरेलले बताउनु भयो । खरेलका अनुसार भारतीय कागज अधिक आए पछि नेपाली कागजको माग कम हुँदै गएको छ । नेपालमा सरकारी कार्यालयलाई कागज विक्री गर्दै आएको रौताह अफसेटले भारतबाट कागज ल्याउन थाले पछि नेपाली उद्योगहरु थप संकटमा परेको उहाँको भनाइ छ । महिनामा १० लाखसम्मको कागज विक्री गर्दै आउनु भएको उहाँको रिमालक्ष्मी नेपाली हाते कागज उद्योगले अहिले कारोवार नै रोक्नु पर्ने अवस्था आएको छ । ४ महिना देखि खरिदकर्ताबाट १६ लाख बढी रकम प्राप्त गर्नु पर्नेमा भुक्तानी हुन सकेको छैन । खरिद गर्नेले नै पैसा नदिए पछि उद्योग संचालनमै समस्या आएको उहाँको भनाइ छ ।


पछिल्लो समय उचित बजार नपाउँदा धेरै उद्योगमा कागजहरु थन्किएका छन् । उद्योगमा उत्पादित कागज विक्री हुन नसक्दा र विक्री भएका कागजको भुक्तानी समेत समयमा नपाउँदा घरेलु उद्योगहरु बन्द हुन थालेको उद्यगीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आइतबार बर्षा र हिमपात हुन सक्ने संभावना
Next post पत्रकारहरू निष्पक्ष भइ समाचार प्रेषण गर्नु पर्नेमा जाेड