देशमै युवा रोक्न उद्यमशीलताको विकासमा जोड दिनु पर्छः ओली

२३ माघ २०८०/सारासन्देश समाचार

नेकपा एमाले पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यूवा जनशक्तिलाई रोक्न आफ्नै देशमा काम लगाउने र देशमा उद्ययशीलताको विकास गर्न सरकारले प्रेरित गर्नु पर्ने बताउनु भयो ।

झापाको शिवसताक्षी नगरपालिकामा आज एक कार्याक्रमबीच १० मेघावाट क्षमताको सौर्य उर्जा उद्घाटन कार्यक्रममा उहाँले देशको जनसंख्याको ४० प्रतिशत युवा मध्ये आधा विदेशमा रहेकाले देशमै विकास गर्न यस्ता उर्जाको विकासमा जोड दिनु पर्ने उहाँले बताउनु भयो । उहाँले आफू प्रधानमन्त्री हुँदा अध्ययन सर्टिफिकेट राखेर लोहन लिने व्यवस्था गरेको भन्दै त्यस्तै उद्यम नै धितो राखेर अव देशमै युवाहरुलाई रोजगारी सृजना गर्नु पर्ने बताउनु भयो ।
झापा इनर्जी लिमिटेड कम्पनिले माछा पुच्छे« र सिभिल वैंकको ७५ प्रतिशत र अन्य सेयर सदस्यबाट गरी ८५ करोड लगानीमा उर्जा संचालन ल्याएको छ ।

साढे २१ विगाह जमिन खरिद गरी राखिएको सौर्य प्यानलबाट संकलन गरेर उत्पादन भएको १० मेघावट विधुत मुख्य लाइनमा जडान भइ विक्री समेत गर्न थालेको इजर्नीका अध्यक्ष सो क्षेत्रका प्रतिनिधिसभा सांसद एलपी साँवाले बताउनु भयो । साँवाले बार्षिक १२ करोड ८५ लाख आम्दानी दिने गरी उर्जा संचालन ल्याइसकेको उहाँले बताउनु भयो ।

५ बर्ष अघि देखि थालेको सौर्य उर्जा कोशी प्रदेशमै बृहत र नमूना कार्य भएको बक्ताहरुले बताएका छन् । कार्याक्रममा विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं, प्रदेश सांसद झलकसिंह दर्लामी लगायतले झापा सौर्य इनर्जी जस्तै अन्य धेरै स्थानमा यस्तो कार्य गर्न सके रोजगारी समेत सृजना हुने बताउनु भयो । कोशी प्रदेशमै सवै भन्दा ठूलो सौर्य उर्जा उद्घाटन कार्याक्रममा पूर्व मन्त्री तथा सासंदहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मुख्यमन्त्रीसहित पदाधिकारीको सुविधा वृद्धि गर्न ल्याइएको अध्यादेश विरुद्ध सर्वाेच्चमा रिट
Next post सर्वोच्च अदालतद्वारा गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टाको निर्णय बदर गरियाे