नेपालमा आज ४१ निकाे, ८९ संक्रमित

२४ फाल्गुन २०७७,काठमाडौं– नेपालमा गत २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७० हजार ९ सय २७ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ ।

यसैगरी आज थप ८९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ३ सय ९९ जनाको गरिएको पीसीआर परीक्षणमा ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा एकजनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लापार्वाहीका कारण शरणार्थी महिलाको मृत्यु भएको आरोप
Next post नेपालमा आज ६० निकाे ५९ संक्रमित