नेपालमा आज ६० निकाे ५९ संक्रमित

२५ फाल्गुन २०७७, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा मंगलबार ६० जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ । यसैगरी ५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।

मुलुकभर ८ सय ७० जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २१ लाख ९९ हजार ९ सय ५० पीसीआर परीक्षण भइसकेकाे मन्त्रालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४१ निकाे, ८९ संक्रमित
Next post कर्णालीमा एकै परिवार ५ जनाले गरे आत्महत्या