एकै बाेटमा १० हजार मुल्यकाे उत्पादनः झापाकाे कलममा उन्नत जातकाे बयर खेतीमा सफलता (फाेटाे फिचर)

१ फाल्गुण २०८०/बालदिवश तामाङ

फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापाको कमलमा पहिलो पटक सफलता प्राप्त गरेका छन् । एउटै बोटमा १ क्वीन्टल अर्थात १० हजार रुपयाँसम्मको फले पनि चराचुरुङ्गीबाट भने जोगाउनै समस्या भएको छ । ३ बर्ष अघि परिक्षणको रुपमा लगाएको रेड एप्पल बयर झापामा सफलता पुर्वक फलेको छ । एउटै बोटबाट १० हजार रुपयाँसम्म आम्दानी लिन सकिने बयर खेती पछिल्लो समय कमल गाउँपालिकाका किसानले खेती गर्दै आएको पालिकाका कृषि शाखा प्रमुख महेन्द्र बोहोराले बताउनु भयो । बोहोराका अनुसार कमल गाउँपालिकामा झण्डै ४ विगाह क्षेत्रमा व्यवसायिकरुपमा थालेको बयर खेतीको अवस्था राम्रो रहेको छ ।

नेपालमा व्यवसायिकरुपमा खासै खेती नभएको यस्तो रातो स्याऊको स्वाद हुने बयर भारतमा अधिक खेती हुने गर्छ । नेपाली बजारमा भारतबाट आयात हुने बयर नेपालमै उत्पादन गर्न सकिन्छ भन्ने उदाहारण कमल गाउँपालिकाका किसानले देखाएका छन् । एक विगाह क्षेत्रमा खेती गर्दा ३ लाख खर्च लाग्ने बयर रोपेको तेस्रो बर्षबाट फल्न थालेको हो । बजारमा प्रति केजी १ सय रुपयाँमा विक्री हुने बयर राम्रो फले पनि चराचुरुङ्गीले अधिक खाने भएकाले जोगाउँनै गाह्रो परेको बयर खेती गर्दै आउनु भएकी चन्द्रा प्रधानले बताउनु भयो । प्रधानका अनुसार एक बोट बरावर एक क्वीन्टलसम्म फलेको थियो । तर चराचुरुङ्गी र चमेराले रातदिन खान थाले पछि अहिले बोटको तल्लो भागमा मात्र बाँकी रहेको छ । गत बर्षबाटै फल्न थालेको बयर यो बर्ष अधिक फलेकाले झापामा बयर खेती हुन सक्ने उहाँले बताउनु भयो ।

झापा जिल्लामा पछिल्लो ३ बर्ष यता रेड एप्पल बयर नामको बयर खेती थालिएको थियो । ३ बर्षमा आएर यो बयर अति राम्रो उत्पादन दिन सफल भएको छ । तर यसको बजार र यसलाई चराचुरुङ्गीबाट संरक्षण कसरी गर्ने भन्ने किसानमा चुनौती थपिएको छ । चराचुरुङ्गीबाट जोगाउन सक्ने हो भने एक बोट बराबर झण्डै १० हजार रुपयाँको बयर उत्पादन हुन सक्ने देखिएको छ । प्रति केजी एक सय रुपयाँमा विक्री हँुदै आएको रेड एप्पल बयरको स्वाद समेत स्याउ जस्तै मिठो रहेको किसानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुनसरीमा बढ्याे नक्कली नाेटकाे काराेवारः झण्डै दुई करोड नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ
Next post भुटानी शरणार्थी शिविर बेलडाँगीमा पछारेर मारियाे ८ महिने बच्चा