भुटानी शरणार्थी शिविर बेलडाँगीमा पछारेर मारियाे ८ महिने बच्चा
१ फाल्गुण २०८०, झापा– झापाकाे भूटानी शरणार्थी शिविर बेलडाँगीमा एक बालककाे पछारेर हत्या गरिएकाे छ । बालकलाई पछारेर मारेको आरोपमा दमकमा बालककी आमा र अर्का एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७.३० बजेको समयमा दमक नगरपालिका ३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर बी, ४ हट नं. ४३२ बस्ने ५० वर्षीय पञ्चबीर घिसिङको घरमा आश्रय लिएर बसेका २५ वर्षीया सुस्मिता बिश्वाका छोरा ८ महिनाकी एरित ओलीलाई पञ्चवीर घिसिङले पछारेकाेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । पछारे पछि अचेत अवस्थामा पुगेका बालकलाई उपचारका लागि दमक अस्पताल दमक पठाएकोमा उपचार हुन नसके पछि दमकमा रहेकाे किओच बाल अस्पताल दमकमा इसिजीका लागि पठाईएको थियाे । तर बच्चालाई अस्पताल पुर्याउँदा बच्चाको मृत्यु भईसकेको अस्पतालले जानकारी दिएकाे छ ।
बालकको शव दमक अस्पतालको शवगृहमा राखिएको छ भने बालकलाई पछार्ने घिसिङ र बालककी आमा सुस्मिता बिश्वालाई इलाका प्रहरी कार्यालय दमकमा नियन्त्रणमा लिई घटनाका बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।