पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

२ चैत्र २०८०, काठमाडौँ– नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई पक्राउ गरेको छ । पुनललाई केही समय अघि पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता भीम प्रसाद ढकालले नेपाल नेपालटिभी अनलाइनलाई जानकारी दिनुभयो ।

दिपेश पुनको चिनयाँ सुन तस्करसँग संलग्नता देखिए पनि प्रहरीको अनुसन्धानबाट बाहिरै थिए । सीआईबीले ६१ किलो सुन तस्करी प्रकरणमा दिपेशलाई सामान्य सोधपुछ कागज गराएर छाडेको थियो । पछिल्लोपटक दिपेशका दाजु जितेन्द्र र तत्कालीन उपराष्ट्रपति समेत रहेका बाबु नन्दबहादुर पुनको वैदेशिक मामिलाविज्ञ जीवनकुमार गुरुङ समेतका व्यक्ति तस्करीमै संलग्न रहेका प्रमाणहरू बाहिरिएपछि उनीमाथि अनुसन्धानको दायरा ल्याउनुपर्ने दबाब बढेको थियो ।

सहकारी ठगीमा पनि पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशले उन्मुक्ति पाउँदै आएका थिए । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दिपेश जोडिएका छन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेकाे आराेप लाग्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खोला खोल्छीमा पाइने जंगली तिते फुलको प्रयोग बढ्दै (फाेटा फिचर)
Next post दोषीलाई जेलमा नहाले विकास संभव छैनः किराँती