दोषीलाई जेलमा नहाले विकास संभव छैनः किराँती

३ चैत्र २०८०/झापा
देश विकासका लागि सरकारले अव कानुनीरुपमा दोषी कसैलाई पनि माफी दिन नहुने प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री सुदन किँरातीले बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्रको कान्छो भातृ संगठनको रुपमा स्थापित रिटर्नी सेन्टर नेपालको दमकमा आज भएको कोशी प्रदेश सम्मेलनमा बोल्दै किराँतीले सुनकाण्डको विषयलाई इंकित गर्दै उहाँले देशमा सुशासन ल्याउन विश्वमा कुनै पनि देशले आफ्नै सहयोद्धालाई जेल ठोक्ने आँट नगरेसम्म विकास नभएको उहाँले बताउनु भयो । उहाँले अव देश विकासका लागि बाहिर गएर सिकेका शीप र अर्थलाई प्रयोग गरी विकासमा लाग्नु पर्ने बताउनु भयो ।


विदेशबाट फर्किएर आएकाहरुको माओवादी केन्द्रको भातृ संगठनको दमकमा आयोजित प्रथम सम्मेलनमा प्रदेशका मन्त्रि, सांसद र केन्द्रका केन्द्रिय नेतृत्वले अव देश विकासमा विदेशमा नभई स्वदेशमै काम गरी समृद्ध समाजको विकासमा लाग्नु पर्ने बताएका छन् । त्यसका लागि सरकारले देशमै काम गर्ने वातावरण बनाउने तर्फ जोड दिने बताएका छन् ।

कार्याक्रममा कोशी प्रदेशका खानेपानी सिंचाई तथा उर्जा मन्त्री नारायण बूर्जा मगर, बन तथा पयर्टन मन्त्री गणेश उप्रेजी ‘शुशील’ प्रदेश सांसद गीता तिम्सिना लगायत माओवादी केन्द्रका केन्द्रिय नेतृत्वले देश विकासका लागि स्वदेशमै काम गर्ने योजना र बजेट निर्धारणमा जोड दिने बताएका छन् ।
रिटर्नी सेन्टर नेपालका प्रदेश नम्बर एकका संयोजक विशाल भण्डारीको सभापतित्वमा भएको कार्याक्रममा पार्टीका केन्द्रिय सदस्य धिरेन शर्मा ‘रमण’, प्रदेश फ्याक्सन इन्चार्ज गगन पुरी, सेन्टरका केन्द्रिय संयोज देवेन्द्र सम्बाहाम्फे, लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राई ‘मिजास’, सेन्टरका सहसंयोजक गणेश कालिकोटे लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ
Next post आगलागीबाट मोरङकाे रंगेलीमा सिंगाे सन्थाल बस्ती जलेर नष्ट