११ चैत्र २०८०, काठमाडौँ– नेकपा (एमाले)ले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुभास नेम्बङका छाेरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । यसैगरी बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यी दुवै क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको छ ।यस पटक इलाममा स्वतन्त्र उम्मेद्वारका संख्या समेत बढेकाे छ भने दलगत संख्या २० वटा दर्ता भएका छन् । यस्तै बझाङमा १९ वटा दल दर्ता भएका निर्वाचन अायाेगले जनाएकाे छ ।
