११ चैत्र २०८०, उदयपुर– हाेली खेलेर नुहाउन जाँदा उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । हाेली खेलेर नुहाउने गएका उनीहरू वेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा ८ बर्षीय चोलकचन्द्र मगर,७ बर्षीय रिदम मगर र ११ बर्षीया रेखा मगर रहेका छन । दिउँसो ३ बजे बालबालिकाहरु धाप्लाङघाटको सुनकोशी नदीमा पौडिखेल्न गएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनीहरु तीनै जना होली खेलेपछि पौडी खेल्न सुनकोशीमा गएका थिए ।
पौडी खेल्न गएका अरु ४ जना बालबालिकालाई भने स्थानीयले कोशी नदीबाट उद्धार गरेको त्रियुगा- १४ का वडाध्यक्ष हेमराज मगरले जानकारी दिनुभयो । बेपत्ता बालबालिकाको खोजी कार्य स्थानीय र प्रहरीले गरिरहेको वडाध्यक्ष मगरको भनाइ छ ।
