हाेलीले लियाे उदयपुरका ३ बालककाे ज्यान
११ चैत्र २०८०, उदयपुर– हाेली खेलेर नुहाउन जाँदा उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । हाेली खेलेर नुहाउने गएका उनीहरू वेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा ८ बर्षीय चोलकचन्द्र मगर,७ बर्षीय रिदम मगर र ११ बर्षीया रेखा मगर रहेका छन । दिउँसो ३ बजे बालबालिकाहरु धाप्लाङघाटको सुनकोशी नदीमा पौडिखेल्न गएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनीहरु तीनै जना होली खेलेपछि पौडी खेल्न सुनकोशीमा गएका थिए ।
पौडी खेल्न गएका अरु ४ जना बालबालिकालाई भने स्थानीयले कोशी नदीबाट उद्धार गरेको त्रियुगा- १४ का वडाध्यक्ष हेमराज मगरले जानकारी दिनुभयो । बेपत्ता बालबालिकाको खोजी कार्य स्थानीय र प्रहरीले गरिरहेको वडाध्यक्ष मगरको भनाइ छ ।
More Stories
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई पक्राउ गर्न पुर्जी जारी
१ कार्तिक २०८१, एजेन्सी – बङ्गलादेशको एक अदालतले निर्वासित पूर्व प्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले...
दक्षिणी झापाका व्यवसायी भन्छन्ः कर तिर्ने ठाउँ देऊ, सरकारले सुनेन
१ कार्तिक २०८१/डिकेश लामा कोरोना कहर देखि बन्द भएका झापाका झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु संचालनमा नआउँदा सेवाग्राहीले राजश्व...
चाडबाड नआएकै राम्रोः दशैंले दुःखाउँछ भूटानी शरणार्थीलाई
२९ असोज २०८१/डिकेश लामा ३३ बर्ष अघि देश छाडे देखि पूर्वी नेपालको शरणार्थी शिविरमा बस्ने धेरै बृद्धबृद्धाले दशैंमा टिका लगाएका...
सडकमा १६ करोड बढीको क्षतिः यातायात सुचारु
२५ असोज २०८१/झापा असोज महिनामा आएको अविरल बर्षा र बाढीका कारण झापा तथा इलाममा सडक र पुलमा गरी १६ करोड...
विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तह विवरण सार्वजनिक (सूची सहित)
२४ असाेज २०८१, काठमाडौं–सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित गरेको छ । सरकारले विपद्...
दाेलखाकाे चरङ्गेमा बस पल्टिँदा १ जनाकाे मृत्युः ७ जना घाइते
२४ असाेज २०८१, दोलखा – काठमाडौँबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको यात्रुवाहक बस दोलखाको भीमेश्वर नगरपालिका -८ चरङ्गेमा दुर्घटना भएकाे छ...