झापामा होलीमा नियम उलंघन गर्ने ३५८ वटा सवारी नियन्त्रणमा (फाेटाे फिचर)

१२ चैत्र २०८०/झापा

झापा जिल्लामा होलीमा जथाभावी सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाभर हर्सोल्लासका साथ होली मनाइरहँदा केहीले भने सवारी नियम उलंघन गरी विना हेल्मेट क्षमता भन्दा धेरै राखेर सवारी चलाउनेलाई नियन्त्रणमा लिइएको हो । अपरान्ह ४ बजेसम्म ३ सय ५८ सवारी साधान र ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मादक पदार्थ सेवन गरी प्रहरी माथि हातपात गर्न खोज्ने र सामाजिकरुपमा अबान्छनीय कृयाकलाप गर्नेहरु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नियन्त्रणमा लिइएका सवारी साधान मध्ये २ पाङ्ग्रे ३ सय ४७ वटा र ३ पाङ्ग्रे १० वटा र चारपाङग्रे एक वटा रहेका छन् ।

तर झापा जिल्लामा त्यस्तो अप्रिय घटना भने केही पनि भएको छैन । जिल्लामा शान्तिपूर्वक विभिन्न स्थानमा कन्सर्ट कार्याक्रम गरी होली भव्यरुपमा मनाइएको छ । कोरोना कहर पछि यस बर्ष सवै भन्दा धेरै जनमानसको भेलामा होली मनाइएको हो । यस बर्षको होलीमा विगतमा जस्तो होलीका सामानहरु भने विक्री नभएको व्यवसायीले बताएका छन् । होलीको दिन जिल्लाका मुख्य बजारहरु भने बन्द रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हाेलीले लियाे उदयपुरका ३ बालककाे ज्यान
Next post राष्ट्रिय गौरबको आयोजना: दमक नमूना भ्यूटावर निर्माण सम्पन्न (फाेटाे फिचर)