२५ चैत्र २०८०/झापा
झापाको गौरादह नगरपालिकाले यूवाहरुलाई स्वरोजगार बनाउन विभिन्न विधामा २ महिने तालिम शुरु गरेको छ । आज देखि शुरु गरेको तालिममा २० जनाका दरले ३ विधामा ६० जनाको सहभागिता रहेको छ । गौरादह नगरपालिका यूवाहरुलाई लक्षित गरी थालिएको तालिममा प्लम्बर, इलेक्ट्रिसियन र मोटर पंखा एसी फ्रिज मर्मत सम्बन्धी शीप र ज्ञान प्रदान गरिने छ ।
दैनिक सयौंको संख्यामा वैदेशिक रोजगारमा यूवाहरु विदेश पलायन भइरहेको वेला गाउँघरमै स्वरोजगार सृजना गर्न तालिमको आयोजना गरिएकाले आफैले तिरेको करलाई सही सदुपयोग गर्न नगरपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडाले सहभागीलाई आग्रह गर्नु भयो । खतिवडाका अनुसार युवाहरूले तालिममा दक्षता लिएर अगाडि बढे थप तालिम र अन्य सहयाेग समेत गरिने उहाँले बताउनु भयाे ।

चन्द्र सूर्य शीप विकास संस्थाले दिने तालिममा पालिका भित्र रहेका विपन्न, सिमान्तकृत र आदिवासी समूदायलाई समेत समेटेर रोजगारी सृजना गर्ने लक्ष्य रहेको नगर प्रमुख छत्रपति सुवेदीले बताउनु भयो । प्रमुख सुवेदीका अनुसार अभिभावकबाट उठाएको करको सदुपयोग गर्दै छोरा खालले राम्रो ज्ञान र शीप सिकेर रोजगारमा दक्ष हुनु पर्नेमा उहाँले जोड दिनु भयो ।
उपप्रमुख जल बर्षा राजवंशीकाे अध्यक्षतामा भएकाे तालिममा सहभागीहरुले स्थानीय स्तरमै रोजगारी सृजना हुने काम गर्न आफूहरु उत्सुक भई आएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *