काठमाण्डाैंमा बौद्ध भिक्षुमाथि प्रहरीकाे लाठी र लात्ती प्रहार (भिडियाे सहित)

२५ चैत, २०८०, काठमाण्डाैं– बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि प्रहरीले काठमाण्डाैंकाे भद्रकालीमा लात्ती प्रहार गरेको छ । शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

सो क्रममा बाटो हिंड्दै गरेका दुई बौद्ध भिक्षुमाथि प्रहरीले दुर्व्यवहार गरेको हो । प्रहरीले बौद्ध भिक्षुमाथि लात्ती र लाठ्ठी प्रहार भएको भिडिओ सार्वजनिक भएको छ । भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रहरीको व्यापक आलोचना भइरहेको छ । बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि दुर्व्यवहार भएको विषय सार्वजनिक भएपछि दुर्व्यवहार गर्नेमाथि कारबाही गर्ने तयारी प्रहरीले जनाएकाे छ । प्रदर्शनमा संलग्न नै नभएको भनिएका भिक्षुमाथि आक्रमण भएको विषय सार्वजनिक भएपछि प्रहरीले छानबिन अघि बढाएको हाे । भिडियाे क्रुर तरिकाले लाताले हानेकाे देखिन्छ भने धामी झ्याँक्री र ढाेल ढ्याङ्ग्राे बाेक्नेलाइ समेत लाठी प्रहार गरेकाे देखिन्छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक तथा प्रवक्ता नवराज अधिकारीका अनुसार यो विषयमा अहिले छानबिन भइरहेको र दाेषी देखिए कार्वाही हुने बताउनु भएकाे छ ।

शनिबारको प्रदर्शनमा ५ जना प्रहरी घाइते भएका थिए । चार जनाको अवस्था सामान्य रहे पनि एक जनाको भने नाक पूरै ड्यामेज भएको र अहिले पनि उपचारकै क्रममा रहेको एसपी अधिकारीले बताउनु भयाे ।

त्यस्तै केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको थियो । पक्राउ परेकाहरु विरुद्ध मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

याे भिडियाे हेर्नका लागि १८ बर्ष माथिकाले  sarasandesh youtube channel click गर्नु हाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गौरादहमा रोगजारी सृजनाका लागि ६० जना युवालाई तालिम
Next post पर्यावरण जोगाउन मेची–महाकाली पैदल यात्रा