१ वैशाख २०८१,रौतहट– स्रोत नखुलेको ११ लाख नोट नगदसहित रौतहटमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गाैर नगरपालिका वडा नं. १ का ५६ बर्षीय विरेन्द्रकुमार जैसवाल रहेका छन् । जैसवाललाई साेही वडाकाे शिवालय मन्दिर अगाडी साइकलमा आउदै गरेको अवस्थामा विशेष सूचनाका अाधारमा चेकजाँच गर्दा साे रकम सहित पक्राउ गरिएकाे हाे ।
नियन्त्रणमा लिइएकाे रकमबारे सोधपुछ गर्दा स्रोत खुलाउन नसकेकोले आवश्यक कारवाहिको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिनुभयाे । पछिल्लाे समय साे नाका भएर नक्कली सहित अवैध काराेवार बढी हुने गरेकाे छ ।
