झापामा मरिच खेती तर्फको किसानको आकार्षण (फाेटाे फिचर)

१ वैशाख २०८१/डिकेश लामा
झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रका किसानहरु मरिच खेती तर्फ आकार्षित बन्दै गएका छन् । अन्नबाली भन्दा राम्रो आम्दानी हुने भए पछि सुपारी बगानभित्र मरिच खेती गर्ने किसानहरु बर्षेनी बढ्दै गएका हुन् ।

यतिखेर झापाका केही किसानहरुलाई मरिच टिप्ने र थन्काउने चटारो परेको छ । खासगरी चैत्र पहिलो साता देखि वैशाखको दोस्रो सातासम्म मरिच टिप्ने काम बढी हुन्छ । बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा जिल्लाकै सवैभन्दा धेरै क्षेत्र झण्डै २ विगाहमा मरिच खेती आउनु भएका नेत्र प्रसाद संगौलाले बार्षिक १० लाख बढी मुल्यको मरिच विक्री गर्दै आउनु भएको छ । संग्रोलाका अनुसार पछिल्लो समय सुपारीको टुप्पो कुहिने रोग र मरिचमा जरा सुक्ने रोगले समस्या समेत आएको छ । तर पनि अन्नबाली भन्दा राम्रो आम्दानी भए पछि किसानहरु सुपारी बगानमा मरिच खेती गर्ने किसानको संख्या बढ्दै गएको छ ।

३० बर्ष अघि देखि थालिएको खेती पछिल्लो समय बृद्धि हुने क्रम बढेर गएको छ । तर उचित प्राविधिक सहयोग र सिंचाईको प्रवन्ध नहुँदा खेतीमा चुनौती समेत थपिँदै गएको खेती गर्दै आउनु भएका युवा विश्वनाथ संग्रौलाले बताउनु भयो । झापाको बुद्धशान्ति, अर्जुनधारा, मेचीनगर लगायतका पालिकामा अधिकमात्रमा गरिने सुपारी बगानमा पछिल्लो समय धेरै किसानले मरिच खेती समेत गर्दै आएका छन् । मरिच खेती ठूल्ठूला बगानमा संचालन हुन थाले पछि स्थानीय क्षेत्रमा रोजगारी समेत सृजना भएको छ ।

पछिल्लो समय झापामा सुपारीसँगै मरिच खेती गर्ने चलन बढ्दै गएको छ । सरकारले सिंचाइ र उचित प्राविधिकको व्यवस्था गर्ने हो भने मरिच खेतीमा प्रसस्त संभावना रहेको किसानहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post राैतहटमा ११ लाख नगद सहित एकजना पक्राउ
Next post महाभारतकालीन ऐतिहासिक धार्मिक स्थलहरुको विकास हुँदै (फाेटाे फिचर)