महाभारतकालीन ऐतिहासिक धार्मिक स्थलहरुको विकास हुँदै (फाेटाे फिचर)

२ वैशाख २०८१/डिकेश लामा

कुनै वेला पुग्ने बाटो समेत नभएर ओझेलमा परेको महाभारतकालीन धार्मिक क्षेत्रहरुको पछिल्लो समय विकास गर्ने क्रम बढेको छ । झापाको शिवसताक्षीमा रहेका त्रीधार्मिक क्षेत्रमा सडकसँगै पूर्वाधार निर्माणले पर्यटकको आगमन समेत बढेको छ ।

महाभारत कालमा कौरबका कारण पाण्डवहरु बनवास जीवन विताउँदा होम गरेर पूजा गरिएको क्षेत्रको रुपमा चिल्लागढधामलाई स्थानीय बासिन्दाले मान्दै आएका छन् । तर धार्मिक महत्व बोकेको क्षेत्रको मुहार भने बर्षौं पछि बल्ल फेरिन थालेको छ । पछिल्लो समय चिल्लागढ धाममा विभिन्न धर्मावलम्भीहरुको नयाँ मन्दिरहरु निर्माणसँगै वरीपरि टायल्स विछ्याउने काम थालिएको छ । सवै धर्म र जातजातिको आस्थाको थलोको रुपमा विकास गर्न आफूहरु लागि परेको धाम व्यवस्थापन समितिका अध्यक्ष शिशिर तुम्बापोले बताउनु भयो । तुम्बापोका अनुसार शिवसताक्षी नगरपालिकाले दिएको र धाम सहित १५ लाख हाराहारी बजेटमा टायल्स विछ्याउने काम थालिएको छ ।

झापाको मुख्य ३ वटा धार्मिक क्षेत्र रहेको शिवसताक्षी नगरपालिकामा चिल्लागढ, सतासीधाम र दोमुखासँग जोड्ने धार्मिक सर्किटको रुपमा सडक समेत बनिसकेको छ । झापाको निर्वाचन क्षेत्र नं. ४ मा पर्ने धार्मिक क्षेत्रलाई साँस्कृतिक केन्द्रको रुपमा समेत विकास गर्ने सो क्षेत्रका प्रतिनिधिसभा सासंद एलपी साँवा लिम्बुले बताउनु भयो । सांसद लिम्बुका अनुसार आउने पर्यटकलाई जातिय नाचगान देखि अन्य साँस्कृतिक प्रस्तुती समेत देखाउन सकिने गरी केन्द्र स्थापना गर्ने बताउनु भयो ।


झापामा महाभारतकालीन धार्मिक स्थलहरु अर्जुनधारा, घैलाडुब्बा, किच्चकबध, सतासीधाम, विराट पोखर, कञ्चनगढ लगायतका आधा दर्जन स्थलहरु विस्तारै विकास हुन थालेका छन् । यस्ता पुराना ऐतिहासिक क्षेत्रका विकास गर्न सके धार्मिक इतिहासको संरक्षणसँगै पर्यटकीय क्षेत्रको समेत विकास हुने स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा मरिच खेती तर्फको किसानको आकार्षण (फाेटाे फिचर)
Next post पत्रकारिताको उचाई घटाउनु हुन्नः पूर्व राष्ट्रपति डा. यादब (फाेटाे फिचर)