स्वस्थ्य पानी आयोनाइज्ड अल्कालाइनको वैज्ञानिक प्रदर्शनी


२ चैत्र २०७७, झापा
विधुतीय उपकरणको प्रयोग गरी पानीको गुण परिवर्तन गर्दै स्वस्थ्य पानी बनाउनेबारे आज वैज्ञानिक प्रर्दशनी गरिएको छ । अशुद्ध पानीका कारण मानिसमा हुने विभिन्न रोग र स्वस्थ्य पानीको महत्ववारे जानकारी दिन आज विधार्थी र अभिभावक माझ प्रदर्शनी गरिएको छ ।


झापाको दमक वडा नं. ८ को शिखरज्योति अंग्रेजी स्कूलमा काठमाण्डौंबाट आउनु भएका विज्ञ टोलीले स्वस्थ्य पानी निर्माण र यसको महत्ववारे प्रस्टाएका छन् । आइ केयर मार्टस इन्टरनेशनल कम्पनि प्रालि काठमाण्डौंको सहकार्यमा विधालयले विधार्थी, अभिभावकहरुलाई स्वच्छ, शुद्ध र स्वस्थ्य पानीको प्रकार र ती पानीले शरीरमा पार्ने प्रभावबारे जानकारी गराइएको छ । सामान्य पानी भन्दा आयोनाइज्ड अल्काइन पानीले शरीरमा भएका विभिन्न रोगलाई समेत हटाउन सक्ने दावी गर्दै आएको पानी प्रयोग सवैले प्रयोग गर्न गराउनका लागि कार्याक्रम गरिएको स्कूलकी फाउण्डर मनु पन्दाकले बताउनु भयो ।


कार्याक्रममा आयोनाइज्ड अल्कालाइन पानीको प्रयोगसम्बन्धी जानकारी दिन आइ केयरका फाउण्डर पासाङ लामा, भिमध्वोज लामा सहितको प्रदर्शनीका प्राविधिकको टोली काठमाण्डौंबाट आएका छन् । आयोनाइज्ड अल्कालाइन पानीबारे झापामा यो पहिलो पटक चर्चा र प्रदर्शनी गरिएको कार्याक्रमका सहजकर्ता प्रेमदिप थाम्सुहाङ्गले बताउनु भयो ।


सामान्य पानी भन्दा आयोनाइज्ड अल्कालाइन पानी धेरै लाभदायिक भएको जापानका वैज्ञानिकहरुले १९५० तिरबाटै गर्दै आएको अमेरिकाको प्यूरप्रो कम्पनिले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालकाे शान्ति स्थापनामा प्रश्नः २ साता नवित्दै बम विष्फोट
Next post नेपालमा गत २४ घण्टामा ७५ निकाे ७९ संक्रमित