नेपालमा गत २४ घण्टामा ७५ निकाे ७९ संक्रमित

२ चैत्र २०७७, काठमाडौं– पछिल्लो २४ घण्टामा ७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ४ सय १ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै नेपालमा गत २४ घण्टामा ७९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजा ३ सय १० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय ९५ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा कोरोना पुष्टि भएको छ। गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ४४ जना क्वारेन्टाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्वस्थ्य पानी आयोनाइज्ड अल्कालाइनको वैज्ञानिक प्रदर्शनी
Next post नेपालमा आज ९४ जना संक्रमणमुक्त, ११४ संक्रमित