निजी जग्गामा बाटो खोलेको भन्दै चाम्लिङको उजुरी

२ असार २०८१/दमक(झापा)

झापाको वडा ७ मा दमकका राजनैतिक नेतृत्व प्रविन चाम्लिङले आफ्नो निजी जग्गा मिच्ने प्रयास भएको बताउनु भएको छ । पालिकाले दमक वडा नं. ७ मा रहेको ३४४६० नम्बरको २ कठ्ठा जग्गामा आलीको बाटो भएर मानिसहरु आवातजावात गर्ने गर्दै आएकोमा आफूले नरोके बताउनु भयो । तर पछिल्लो समय आएर राजनैतिक इगोका कारण धनीपूर्जा भएको जग्गामा नगरपालिकाको न्यायिक समितिले बाटो भनी प्रहरी लगाएर जग्गाको घेराबारा भत्काउन लगाएको बताउनु भयो ।
राईले शनिबार पत्रकारसँग कुराकानी गर्दै नगरपालिकाले एक पक्षीय निर्णयमा २०६७ सालमा आफूले खरिद गरेको जग्गामा बाटो दिनु भन्नु सरासर गल्ति भएको बताउनु भयो । कानुन बमाेजिमकाे सूचना प्रवाह नगरी नगर प्रहरी लगाएर जग्गाकाे घेराबारा भत्काएकाे र व्यक्तिकाे सम्पति मिच्ने प्रयास गरेकाले कानुनी प्रकृयामा गएकाे उहाँले दावी गर्नु भयाे ।
नगरपालिकाले एकलौटी निर्णय गरेको र संविधानले समेत सम्पतिको हक भएकाले आफूले पुनारावेदन अदालतमा मुद्धा दर्ता गराएको बताउनु भयो ।
यता नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिको संयोजक रेगिना भट्टराईका अनुसार स्थानीय संचालन ऐन २०७४ को दफाको ४७ (१) अनुसार दर्ता हुन आएको निवेदन अनुसार दुवै पक्ष बसी छलफल गरी घरजग्गा नक्शा पासको आधारमा निर्णय गरी बाटो खुल्ला गर्ने निर्णय गरेको बताउनु भयो ।

भट्टराईका अनुसार पहिले देखि नै बाटो रहेको क्षेत्रमा बाटो बन्द गरेको भन्दै परेको उजुरीको आधारमा ऐन अनुसार चलन चल्तीको बाटो प्रयोग गर्न पाउने अधिकारको आधारमा निवेदन उपरको फैसला गरिएको बताउनु भयो ।

नम्बरी जग्गामा बाटो रहेको भए पनि चलनचल्तीको बाटो मास्न नमिल्ने न्यायिक समितिको निर्णय रहेको छ । तर यता आफूलाई चित नबुझेकाले पुनरावेदन अदालतमा उजिरी गरेको र सो फैसला नभएसम्म आफूले बाटो छेटेको बताउनु भयो । चाम्लिङका अनुसार कानुन भन्दा माथि कोही नएकाले कानुनले बाटो हो भन्ने प्रमाणित गरेमा आफूले छाड्ने समेत बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कोशी प्रदेशको ३५ अर्ब २७ करोडको बजेट प्रस्तुत [पूर्ण पाठ सहित ]
Next post नक्कली भुटानी काण्डले गर्दा शरणार्थी बस्तीमा छानविन: एउटै घर नं. मा ३ जना सम्मको दाबी (भिडियाे कथा)