नक्कली भुटानी काण्डले गर्दा शरणार्थी बस्तीमा छानविन: एउटै घर नं. मा ३ जना सम्मको दाबी (भिडियाे कथा)

४ असार २०८१/डिकेश लामा

नक्कली भूटानी शरणार्थीको नामको ठगी प्रकरणले समस्या भएको भन्दै शरणार्थी बस्तीमा छानविन शुरु गरिएको छ । खाटी भूटानीको समस्या समाधानमा वेवास्ता भएकाले बस्ती भित्र के कति र कस्ता मानिस छन् भन्ने विवरण संकलन थालिएको हो । पूर्वी नेपालमा ३४ बर्ष देखि बसोवास गर्दै आएका भूटानी शरणार्थी बस्तीमा यतिखेर व्यवस्थापन समितिले विवरण संकलन तथा छानविन थालेको छ । केही नेतृत्वबाटै भूटानीको नाममा किर्ते कार्य गरेकाले बस्तीमा के कस्ता मानिसको बसोवास छ भनी छानविन शुरु गरिएको वेलडाँगी शरणार्थी बस्ती व्यवस्थापन समितिका सचिव सञ्चहाङ्ग सुब्बाले बताउनु भयो ।

सुब्बाका अनुसार सरकारले दर्ता गरेको ८ सय ७५ नक्कली भुटानी कहाँका हुन् भन्ने कुरा पत्ता लगाउन समेत यो छानविनले थाहा हुने छ । किनकी शिविरमा बसोवास गर्ने कतिपय वैवाहिक वा अन्य कारणले धेरै रहेका छन् । कपियत एउटै घर नं. समेत ३ जनाले दावी गर्ने गरेको पाइएको छ । यसले गर्दा पनि छानविन अनिवार्य रहेको बताउनु भयो । वास्तविक शरणार्थी बाहेक अन्यलाई शिविरबाट बाहिर निकाल्ने र शरणार्थीलाई नेपाल सरकारले रेखदेख गर्नु पर्ने उहाँको भनाइ छ ।

हरेक शरणार्थीको घरमा पुगेर को को बस्छन् । उनीहरुको परिचय पत्र छ छैन । बालबच्चाको दर्ता र नविकरण के छ भन्ने लगायतका अन्य धेरै विवरण संकलन थालिएको छ । शरणार्थी शिविरभित्र साढे ६ हजार हाराहारीमा जनसंख्या रहेको छ भन्दै आए पनि पछिल्लो समय गणना भएको छैन । विवरण संकलन गर्दै गर्दा सवै भन्दा धेरै मिश्रित विवाह र घणना छुट भएका परिवारमा समस्या देखिएको प्रतिनिधि डम्बरसिंह मगरले बताउनु भयो ।

नक्कली भुटानी काण्डले खाटी शरणार्थीको नविकरण र जन्म दर्तामा समस्या हुँदै आएका छ । विवरण संकलनले शरणार्थीहरुको बसोवास र समस्या समाधानमा सहज हुने व्यवस्थापन समितिले जनाएको छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post निजी जग्गामा बाटो खोलेको भन्दै चाम्लिङको उजुरी
Next post झापामा आज भएको दुर्घटनामा १ जनाको मृत्युः २१ जना घाइते