भ्रष्टचार रहित सामाज रुपान्तरण गर्नु पर्नेमा माओवादी नेताकाे जोड

५ असार २०८१/झापा
नेकपा माओवादी केन्द्रका उपमहासचिव पूर्व अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले भ्रष्टचार रहित सामाजिक साँस्कृतिक रुपान्तरण नगरेसम्म राजनैतिक संगठनले उपलव्धी हासिल गर्न नसक्ने बताउनु भएको छ । माओवादी पार्टीको पूर्वेली संगठन सुदृढिकरण कार्याक्रममा बोल्दै शर्माले २०६४ मा माओवादीले पाएको जनताको साथ घट्दै जानुमा संगठनमा नयाँ पुस्ताको सहभागिता कम भएकाले भएको बताउनु भएको छ ।

माओवादी केन्द्रले थालेको बृक्षारोपण अभियानमा बृक्षारोपण गरेर शुरु भएको कार्याक्रममा पार्टी कम्जोर बन्दै जानु विधि पद्धतिलाई लत्याउँदै जानु मुख्य कारण रहेको बताउनु भयो ।
यस्तै माओवादी केन्द्र दमक नगर कमिटिले यो बर्ष १ लाख फलफुलको विरुवा रोप्ने अभियान अन्तर्गत ४२ हजार विरुवा रोपिसकिएको अभियानका संयोजक पार्टीका जिल्ला अध्यक्ष राजु आचार्यले बताउनु भयो । बृक्षारोपण अभियानमा सहयोग गर्ने संघ, संस्था, व्यक्तिलाई कार्याक्रमका प्रमुख अतिथि समेत रहनु भएका शर्माले प्रशंसा पत्र प्रदान गर्नु भएको छ ।


कार्याक्रममा माओवादी केन्द्र पार्टीका केन्द्रिय सदस्य, प्रदेश अध्यक्ष लगायत जिम्मेवार नेतृत्वले अव जनतालाई उत्पादन र रोजगारीसँग जोड्ने खालका योजना बनाउने तर्फ सत्तासीन पार्टीले जोड दिनु पर्ने बताएका छन् । कार्याक्रममा केन्द्रिय सदस्य रञ्जित तामाङ, हरि राना, शिवकुमार मण्डल, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ लगायतका नेतृत्वले जनतासँग उत्पादन र रोजगारी जोड्ने कार्यमा माओवादी लाग्नु पर्ने बताएका छन् । नगर कमिटिका अध्यक्ष रवि बस्नेत अध्यक्षतामा भएको कार्याक्रम सचिव डम्बर बोहोराले संचालन गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शहिद गेट भत्काउँदाको विकल्प खोज्नु पर्ने माग
Next post वेलडाँगीमा शरणार्थी दिवश मनाइयोः नक्कली भूटानी काण्डलाई थप छानविन गर्न शरणार्थीको माग (फाेटाे फिचर)