वेलडाँगीमा शरणार्थी दिवश मनाइयोः नक्कली भूटानी काण्डलाई थप छानविन गर्न शरणार्थीको माग (फाेटाे फिचर)

६ असार २०८१/झापा
झापाको वेलडाँगीमा ३ दशक देखि बसोवास गर्दै आएका भूटानी शरणार्थीले आफूहरुलाई न्याय दिलाउन माग गरेका छन् । नक्कली भूटानी शरणार्थी काण्डले वास्तविक शरणार्थीलाई परेको असर तर्फ सरकारले ध्यान नदिँदा शरणार्थी शिविरमा जनसंख्या घटे पनि समस्या भने दिनानु दिन बढ्दै गएको बताएका छन् ।
कार्याक्रममा भूटान स्वतन्त्र जनमञ्चका महासचिव धनविर सुब्बाले शरणार्थीले आफ्नो घर फर्कन पाउनु पर्छ भन्ने माग राख्नु अपराध हो भने दण्ड दिनु पर्ने या अधिकार प्राप्तीमा सरोकारवाला निकायले तत्काल पुरा गर्नु पर्ने बताउनु भयो ।
यस्तै भूटानी यूवा नेतृत्व तिलक राईले शरणार्थी दिवश मनाउँन खुशी हुनु भन्दा पनि शरणार्थीको मुद्धा र समस्या समाधान तर्फ विश्वले ध्यान दियोस् भनी कार्याक्रम गरिएको बताउनु भयो ।

२४ औं विश्व शरणार्थी दिवश मनाउँदै निकालिएको र्यालीले शरणार्थीको स्वदेश फिर्ती र मानव अधिकारको अधिकारलाई तत्काल कार्यान्वयनमा ल्याउन नारा समेत लगाएका छन् ।
यस्तै कार्याक्रमका प्रमुख अतिथि रहनु भएका दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले शरणार्थीको समस्याको विषयलाई लिएर केन्द्रिय सरकारको ध्यानाकर्षण गर्न आफै लागि पर्ने आश्वासन दिनु भयो ।
उहाँले केही दिन भित्रमा शरणार्थी प्रतिनिधि समेत लिएर काठमाण्डौं गएर भूटानीको समस्या प्रति संघीय सरकार र सरोकारवाला निकायको ध्यान दिन भौतिकरुपमा आग्रह गर्ने समेत बताउनु भयो ।

यस्तै भूटानी शरणार्थी सिताेरियाे कराते एशाेसियशनबाट जिल्ला, प्रदेश र राष्ट्रसम्म सहभागी भएर पदक थाप्न सफल खेलाडीले भूटानीकाे नाम उच्च राखेकाे भन्दै ४ जना खेलाडीलाइ सम्मान समेत गरेकाे छ । प्रमुख अतिथि मेयर थापा र सचिव सुब्बाकाे हातबाट सम्मानित हुनु हुनेमा कुसाङ लिम्बु, प्रनिसा नेपाल, स्टुपा पाैडेल र कृष्टिना राइ रहेका छन् । यस्तै शरणार्थी शिविरमा विगत अढाइ दशक देखि सामाजिक कार्यमा खट्दै अाउनु भएका जन प्रतिनिधि डम्बरसिंह मगरलाइ समेत सम्मान गरिएकाे छ । सहायक सचिव अाशा राइले स्वागत मन्तव्य मार्फत शरणार्थी हुनुकाे पीडामा लामाे समय विताउन नपराेस् भन्दै सराेकारवाला निकायले तत्काल सुनवाइ गर्न माग गर्नु भएकाे छ ।

शरणार्थी बस्ती व्यवस्थापन समिति, भूटान स्वतन्त्र जनमञ्च, राष्ट्रिय मेलमिलाप समिति भूटान र अन्य विभिन्न संस्था समेतको उपस्थिति भएको कार्याक्रममा शिविर सचिव सन्चहाङ्ग सुब्बाले आफूहरुको नाम वेचेर गरिएको नक्कली भूटानी काण्डको वास्तविकता तत्काल सार्वजनिक गर्नु पर्ने माग गर्नु भयो । कार्याक्रममा दिवश मनाउन साँस्कृतिक झँयाकी सहित गीत, नाटक तथा नृत्य समेत प्रस्तुत गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भ्रष्टचार रहित सामाज रुपान्तरण गर्नु पर्नेमा माओवादी नेताकाे जोड
Next post झापामा रतुवा खोलाले बगाएर एक जनाकाे मृत्यु