झापामा जंगली हात्ती मृत फेला

१३ असार २०८१/झापा
झापामा आज एउटा जंगली भाले हात्ती मृत फेला परेको छ । मेचिनगर नगरपालिका–३ सुके निन्दा खोला नजिकै ९ बर्ष जतिको उमेरको जंगली भाले हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हात्तीको मृत्युबारे थप अनुसन्धान गर्न कोशी टप्पुबाट आएको प्राविधिक टोलीलाई खबर गरिएको छ । पोष्टमार्टमका लागि आवश्यक बस्तु पठाइएको छ । मृतक हात्तीलाई नजिकै खाल्डो खनेर पुरिएको छ । झापा जिल्लामा एक दशक यता योसँग २० वटा हात्तीको मृत्यु भईसकेको बन कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एसइईको नतिजा भाेलि सार्वजनिक हुने
Next post एसइई नतिजा प्रकाशितः ५० प्रतिशत पनि विद्यार्थी उत्तिर्ण भएनन्