तरकारीबालीको आयात घट्यो

२३ साउन २०८१/झापा

झापाको मेचीभन्सार नाकाबाट बर्षेनी झण्डै २ अर्व मुल्यको तरकारी आयात हुँदै आएकोमा यो बर्ष घटेको छ । आर्थिक बर्ष २०७९÷८० मा १ अर्व ७५ करोड मुल्यका तरकारी भित्रिएको थियो । तर आर्थिक बर्ष २०८०÷८१ मा १ अर्व ४४ करोड मुल्यका मात्र तरकारी आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । अघिल्लो बर्षको तुलनामा गत बर्ष १७ प्रतिशत कमी ३१ करोड मुल्यका तरकारी आयात घटेको हो ।

जिल्लामा तरकारीबाली उत्पादन बृद्धि हुँदै गए पछि भारतबाट आउने सागसब्जीको आयात कम हुन थालेको छ । झापा जिल्लामा ५ बर्ष यता झण्डै २ हजार हेक्टर क्षेत्रफलमा तरकारीबाली विस्तार भई कोशी प्रदेसमा सवैभन्दा धेरै १० हजार ७ सय हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्राङगरिक मल कारखाना संचालन गर्दै कमल गाउँपालिका (फाेटाे फिचर)
Next post ऋण र अनुदान लिनका लागि वार्ता टाेली गठन गरिनेः १३ अर्ब बेलायतबाट अनुदान