ऋण र अनुदान लिनका लागि वार्ता टाेली गठन गरिनेः १३ अर्ब बेलायतबाट अनुदान

२३ साउन २०८१,काठमाडौँ– सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विभिन्न परियोजनाका लागि बेलायत सरकारबाट प्राप्त करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले एसियाली विकास बैङ्कबाट प्रस्तावित २० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा १० मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले वताउनु भयो । २०८०/०८१ मा २४ खर्ब सार्बजनिक ऋण बाेकेकाे नेपालमा ऋण थप्ने कार्य सरकार फेरिँदै गए पछि हुने गरेकाे छ । अस्थीर सरकारका कारण नेतृत्वले सार्वजनिक हित भन्दा पनि राजनैतिक फाइदाका लागि ऋण र अनुदान लिने गरेकाे अर्थ विज्ञहरूले बताउँदै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post तरकारीबालीको आयात घट्यो
Next post ८७ बर्षीय जेष्ठको शैक्षिक यात्रा विमोचन