२८ भदाै २०८१, कञ्चनपुर– पूर्वी नेपालकाे अधिकाशं भागमा लामाे समय पानी नपरेर गर्मी बढ्दै गएकाे वेला पश्चिम नेपालका विभिन्न भाग अबिरल बर्षासँगै आएको बाढीले बस्तीहरू डुवानमा परेका छन् । महाकालीमा नदीमा आएकाे बाढीले भुजेला खोला थुनिँदा कञ्चनपुरका केही बस्तीहरु डुबानमा परेका छन् । भीमदत्त नगरपालिका वडा नं. १२ भुजेला क्षेत्र र ऐरीघाटका ७० परिवार भन्दा बढी बाढीले बिस्थापित भएका छन् । बिस्थापितहरु बन्दोबस्तीका सामान र गाइबस्तुसहित १२ नम्बर वडा कार्यालय र महाकाली किनाराको सडक छेउमा बस्न बाध्य भएका छ्न् । यता पूर्वी नेपाल विभिन्न जिल्लामा पानी नपरेका कारणा खाेला तथा नदिहरू सङ्लिनका थालेका छन् । खाेलाकाे सतह घटे पछि कुलाे तथा नहरमा पानी चलाउन समस्या हुन थालेकाे छ ।
उता जोगुढा नदीले डुवान गर्दा दोधारा चाँदनी नगरपालिका वडा नं. ३, पटर खल्ला वडा नं.१० कुतियाकवर लगायतका क्षेत्रहरुमा १३० भन्दा बढी घर परिवार बिस्थापित भएका छन् । पुनर्वास नगरपालिकाको रातो ताल, दशरथ बस्ती लगायतका क्षेत्रहरुमा डुवान हुँदा ५५ परिवार विस्थापित भएका छन् । बाढीले लत्ताकपडा , खाद्यान्न ,बन्दोबस्तीका सामान र घरमा राखिएका आवश्यक अन्य सरसमान समेत भिजेर नष्ट भएका छन् ।
उद्धारको काम जारी रहेको र बाढी प्रभावितहरुलाइ सुरक्षित स्थानमा सार्ने काम भैरहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिनुभएको छ । सबै सुरक्षा निकाय परिचालन गरिएको प्रजिअ सापकोटाको भनाइ छ । बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतका बिभिन्न निकायहरुबाट उद्धारको काम भैरहेको बताइएकाे छ ।
