गिरीबन्धु लगायतका प्रकरण छोप्न बर्तमान सरकार बन्योः प्रचण्ड

३० भदौ २०८१/झापा
६ बर्ष पछि झापा आउनु भएका नेकपा माओवादी केन्द्र पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धु टि स्टेटको दोषी उम्कन नहुने बताउनु भएको छ ।
आइतबार विहान गिरीबन्धु टि स्टेट क्षेत्रमा विहानको हिडाई गर्नु भएका दाहालले राजनैतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्याक्रममा गिरीबन्धु टिस्टेटबारे मुख खोल्नु भएको हो । उहाँले गिरीबन्धु टी स्टेटले पारेको समस्याबारे ५ सय ५१ पीडितहरुले बुझाएको ज्ञापन पत्रले अव जनता सचेत भएको बताउनु भयो । केही समय अघिसम्म काँग्रेशले एमालेलाई र एमालेले काँग्रेशलाई दोष दिँदै आएकोमा भ्रष्ट कार्य छोप्न अहिले दुवै दल मिलेर सरकारमा गएको उहाँले बताउनु भयो ।

झापा जिल्ला कम्युनिष्ट आन्दोलन ऐतिहासिक भूमि भएको र झापालीले अव दलाल पूँजीबादी विच्यौला नेतृत्वलाई आन्दोलन मार्फत जवाफ दिने बताउनु भयो । अव झापाबाटै आन्दोलनको शुरुवात समेत भएको दाहालले उदघोष गर्नु भयो । लामो समयको संघर्ष पछि प्राप्त गणतन्त्रात्मक राज्य व्यवस्थाको सुरक्षा र जनताको अधिकार प्राप्तीमा जोड दिने माओवादी पार्टी बाहेक अन्य विकल्प नभएको उहाँले बताउनु भयो ।

यस्तै कार्याक्रममा पार्टीका कोशी प्रदेश इन्चार्ज हरिवोल गजुरेल लगायतका केन्द्रिय नेतृत्वले अव पूर्वबाट समाजवादको आन्दोलन छेड्नु पर्ने बताएका छन् ।
यस्तै कार्याक्रममा ४ दशक देखि कम्युनिष्ट आन्दोलनमा लाग्नु भएका एमाले पार्टीका नेता लोक बन्धु कन्दङ्वा सहित ३ सय जना हाराहारीले विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका छन् । नेकपा एमालेका जिल्ला सदस्य सहित जिम्मेवार पदमा रहेका काँग्रेश, लिम्बुवान मुक्ति माेर्चा, रास्वपा लगायतका पार्टी परित्याग गरी माअाेवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गरेकालाई अध्यक्ष दाहालले स्वागत गर्नु भएको छ । पार्टी प्रवेश गरेका कम्युनिष्ट आन्दोलनका योद्धाको रुपमा चिनिनु भएका कन्दङ्वाले आफूले देशमा आएको परिवर्तन र माओवादीको मुद्धाले मात्र सवै जनताको विकास संभव हुने भएकाले यो पार्टी विकल्प अन्यबाट कार्यन्वयन नहुने भन्दै आफूले एमाले पार्टी छाडेर माओवादीमा प्रवेश गरेको बताउनु भयो ।
कार्याक्रममा पार्टीका अन्य उच्च तहका नेताहरुले समेत माओवादी पार्टीले अव पूर्वबाट समाजवाद निर्माणको आन्दोलन थाल्ने दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पूर्वमा खडेरी पश्चिममा बर्षाले सास्तीः २५० बढी घर परिवार विस्थापित
Next post झापामा भारतबाट अबैध सामान भित्रनेक्रम बढ्दैः एकै बर्षमा झण्डै ६ करोड मुल्यको सामान बरामद