झापामा भारतबाट अबैध सामान भित्रनेक्रम बढ्दैः एकै बर्षमा झण्डै ६ करोड मुल्यको सामान बरामद

 

३१ भदौ २०८१/डिकेश लामा

झापाका २ मुख्य भन्सार सहित झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु उचित तवरले संचालनमा नआउँदा अवैरुपमा भारतबाट सामानहरु भित्रने गरेका छन् । जसका कारण बर्षेनी जिल्लामा अवैध सामानको भन्सार दाखिला मुल्य बढ्दै गएको छ । झापाको दक्षिण पश्चिम भारतको सिमासँग जोडिएको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कोरोनाकाल यता संचालनमा आउन सकेको छैन । भन्सार संचालनमा आउन नसकेपछि सो क्षेत्रबाट आउने सामान विना भन्सार बजारमा आउने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।


आठमौजा छोटी भन्सार २०१६ साल तिर देखि नै घुम्ती राखेर संचालनमा ल्याइएको थियो । देशमा आएका ठूल्ठूला परिवर्तनका बावजुद पनि यो भन्सारको स्तरोन्नती हुन सकेको छैन । उल्टो भएको छोटी भन्सार समेत बन्द भएकाले संचालनका लागि आफूहरुले पहल गरिरहेको गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले बताउनु भयो । भन्सार संचालनमा नआएकाले साना व्यवसायीले सास्ती भोग्नु परको छ । भन्सार नहुँदा मेची वा भद्रपुर पुगेर झण्डै ६० किलो मिटर दुरी पुग्न संभव नभएको उहाँले बताउनु भयो । ‘जसका कारण बजार सुक्दै गएको छ ।’ उहाँले भन्नु भयो ।

झापा जिल्ला भारतसँग १ सय ४४ किलो मिटर खुल्ला सिमासँग जोडिएको छ । खुल्ला सिमाको फाइदा उठाउँदै व्यवसायीले लुकिछिपी मालसामान ल्याउने गरेको र प्रहरीले नियन्त्रणमा लिई भन्सार दाखिला समेत गर्ने गरेको भद्रपुर भन्सार कार्यालयका प्रमुख अमित तिवारीले बताउनु भयो । तिवारीका अनुसार भद्रपुर भन्सारमा मात्र १ करोड ३० लाखको सामान नियन्त्रणमा लिई भन्सार दाखिला गरिएको बताउनु भयो ।


आर्थिक बर्ष २०७९/८० मा अवैधरुपमा ल्याइएका ३ करोड ९८ लाख मुल्य बराबरको सामान प्रहरीले भन्सार दाखिला गरेको छ । तर त्यो परिमाण बढेर गएको आर्थिक बर्ष ५ करोड ७० लाख मुल्यको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गिरीबन्धु लगायतका प्रकरण छोप्न बर्तमान सरकार बन्योः प्रचण्ड
Next post मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त