खोला गहिरिए पछि जेनेटरको भरमा खेती (फाेटाे फिचर)

२ असोज २०८१/डिकेश लामा

केही बर्ष अघिसम्म कुलो तथा पैनीबाट मनग्ये पानी लाग्ने खेतमा पछिल्लो समय समस्या हुन थालेको छ । खेतीबारीको सतह भन्दा खोला अधिक गहिरिए पछि खोला आसपासका खेती जेनेटरको भरमा गर्नु पर्ने बाध्यता छ । झापाको विभिन्न नदि तथा खोलामा पछिल्लो समय भएका अवैध दोहनले सिंचाईमा समस्या भएको छ । झापा र मोरङ्गको सिमानामा रहेको मावा खोला आसपासका किसानले ३ बर्ष देखि ७० विगाह क्षेत्रमा खोला भाँसिए पछि जेनेटरको भरमा पानी तानेर खेती गर्दै आएको दमक वडा नं. ३ का किसान बुद्धिमान तामाङले बताउनु भयो । तामाङका अनुसार एक विगाहमा पानी लगाउन २ हजार रुपयाँ खर्च गर्नु पर्ने बाध्यता रहेको छ ।


जिल्लाको सवै भन्दा ठूलो कन्काई नदिबाट चलेको ठूलो सिंचाई योजना समेत जोखिममा पर्दै गएको छ । सिंचाई योजना दक्षिणी भाग अधिक दोहनले हालसम्म ४ मिटर बढी गहिरो भइसकेको सिंचाई कार्याक्रमका प्रमुख उमेशकुमार सुजकुले बताउनु भयो । केही बर्ष देखि यता जिल्लामा लापार्वाही दोहनले नहर र कुलोमा मात्र होइन कि खोला आसपास क्षेत्रका ट्यूवेल समेत सुक्न थालेका छन् । लामो समय संचालन भएका ट्यूवेल र नहरहरु एकाएक सुक्न थाले पछि सिंचाईसँगै खानेपानीमा समेत समस्या हुन थालेको छ ।

जलबायु परिवर्तनका कारण पछिल्लो समय खोला बाढी अचानक आउने र कोही वेला बर्खामा समेत खडेरी लाग्ने गरेको छ । त्यस माथि हिउँदमा हरेक बर्ष स्थानीय तहले खोला ठेक्का लगाएर दोहन गर्ने कार्यले ठूलो असर परेको खोला क्षेत्र आसपासका बासिन्दाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
Next post संविधान संशोधनमा देशव्यापी जोड