संविधान संशोधनमा देशव्यापी जोड

३ असोज २०८१/झापा
संविधान दिवशको अवसरमा आज झापाको दमकमा संविधानमाथि बृहत बहस गरिएको छ । जिल्लाका पार्टीका नेता, अधिबक्ता, सांसद र संविधानसभा सदस्य समेतको उपस्थितिले आम नेपालीको हितमा हुने गरी अझै संविधान संशोधन गर्नु पर्ने माग राखिएको छ ।
नेपालमा हालसम्म कार्यान्वयनमा आएको ६ वटा संविधान मध्ये २०७२ सालको संविधानले सवैलाई समेट्ने प्रयास गरिएको भए पनि अझै अपूर्ण रहेको नेपाल आदिवासी जनजाति नेतृत्वहरुको दावी रहेको छ । यसका लागि सँयुक्त राष्ट्र संघमा हस्ताक्षर भएका अनुवन्दलाई समेत सम्मान गर्नु पर्ने आदिवासीका नेता नित्यानन्द ताजपुरियाले बताउनु भयो ।


यस्तै महिलाहरुले समेत ३३ प्रतिशत अधिकार उल्लेख्य गरिए पनि संवैधानिक व्यवस्था अनुसार समानुपातिक र समावेशीता हुन नसकेको कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले बताउनु भयो ।
संविधानसभा सदस्य दिपक कार्की सहित कानुनकर्मी र सर्वदलीय उपस्थितिले संविधान संशोधनको पक्षमा वकालत गरेका छन् । उज्यालो खबरको संयोजनमा भएको कार्याक्रममा आएका सुझावलाई उच्च नेतृत्व र सरोकारवाला निकायले कार्यन्वयनमा जोड दिनु पर्ने बताइएको छ ।

यस्तै देशभर भएका विभिन्न कार्याक्रममा देशलाइ सुहाउँदाे तरिकाले संविधान संशाेधन गर्नु पर्नेमा जाेड दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खोला गहिरिए पछि जेनेटरको भरमा खेती (फाेटाे फिचर)
Next post मेची भन्सारमा आयात घट्दैः २ महिनामा २ अर्व ४२ करोड असुली