माैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता

१८ असाेज २०८१, ताप्लेजुङ ताप्लेजुङको माैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् । आज माैवाखोलाको खार्तेस्थित दहमा पौडी खेल्ने क्रममा  अन्दाजी ११ वर्षीय सन्देश बराइली र सोही ठाउँकै र १२ वर्षीया आइतारानी शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
पौडी खेल्नसँगै गएका आइतरानीका दाजु १४ वर्षीय कुसुले शेर्पाले घरमा गई खोलाले बगाएको भन्ने जानकारी गराएपछि आफन्तले प्रहरीलाई खबर गरेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post धान खेत बगर बन्दा सयाैं किसान मारमाः उनीहरूकाे गुनासाे अव के खाने? (फाेटाे फिचर)
Next post हाइटी आतङ्कित गोली हानाहानमा महिला र बालबालिका सहित ७० जनाको मृत्यु