हाइटी आतङ्कित गोली हानाहानमा महिला र बालबालिका सहित ७० जनाको मृत्यु

१९ असाेज २०८१, सारासन्देश समाचार– संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएकाे छ ।  संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर र सवारीसाधन आगलागी भएको बताएको छ ।

अराजकतामा डुबेको विश्वको सबैभन्दा गरिब देशमध्ये एक, हाइटीमा गिरोहहरूले राजधानी पोर्ट-ओ-प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली ध्वस्त भएकाले आतङ्क सृजना भएकाे  संयुक्त राष्ट्र मानव अधिकार विभागले जनाएकाे छ ।

“अधिकारीहरूले यस आक्रमणको द्रुत र गहन अनुसन्धान गर्नु, जिम्मेवारहरूलाई जवाफदेही बनाउनु र पीडित र उनीहरूका परिवारलाई क्षतिपूर्तिको ग्यारेन्टी गर्नु महत्त्वपूर्ण रहेकाे आयाेगले प्रकाशित गरेकाे विज्ञप्तीमा उल्लेख्य गरिएकाे छ ।

गत हप्ता संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हाइटीमा यस वर्षको हिंसामा ३ हजार ६०० भन्दा बढी मानिस मारिएको जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post माैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता
Next post मेची खाेलाकाे बगाएकाे महिलाकाे लाश फेला