दाताकाे सहयाेगमा शरणार्थी बालबालिकासँग सामुहिक दशैं (फाेटाे फिचर)

२३ असोज २०८१/झापा
भूटानी शरणार्थी शिविरमा जोखिममा रहेका बालबालिकासँग आज एक कार्याक्रमबीच सामुहिक दशैं मनाइएको छ । तेस्रो मुलुक पुगेका भूटानी यूवाहरुले खोलेका संस्था सेजल एण्ड सिस्टर फाउण्डेशनको आर्थिक सहयोगमा रमाइला कार्याक्रम गरी टिका लगाएर दशैं मनाइएको छ ।
भूटानी शरणार्थी बाल मञ्चको आयोजनामा भएको कार्याक्रममा शरणार्थी जस्तो पिडादायक जीवन ३३ बर्ष देखि विताइरहँदा बालबालिकालाई चाडबाडको सँस्कृति बचाउन सामुहिक दशैं मनाइएको बेलडाँगी शरणार्थी बस्ती व्यवस्थापन समितिका सचिव कार्याक्रमका प्रमुख अतिथि सञ्चहाङ सुब्बाले बताउनु भयो ।


कार्याक्रममा पूर्व बाल विकास केन्द्रका संयोजक अमृता नेपाल, प्रिन्सिपल मनिराज सुब्बा, विश्व लुथरन फेडरेशनका प्रतिनिधि सन्तोष चौधरी लगायतले बालबालिकाको हितमा काम गर्ने संस्था सेजल एण्ड सिस्टर फाउण्डेशनलाई धन्यवाद दिएका छन् । यस्तै उनीहरुले जस्तै अप्ठ्यारो परिस्थितिमा भए पनि दशैं, तिहार जस्ता पर्व गच्छे अनुसार खुशियालीका साथ मनाउन आग्रह गरेका छन् ।


शरणार्थी दातृ निकायले दिने राहत कटौति गरे पछि शिविर भित्र धेरै बालबालिका अभिभावक विहिन बनेका छन् । त्यस बालबालिकालाई दशैं नआउने भए पछि सामुहिक दशैं मनाइएको कार्याक्रमका बक्ताहरुले बताएका छन् । पथरी शनिश्चरे र वेलडाँगीको गरी ढेड सय हाराहारी बालबालिकालाई शिविरका सामाजिक अगुवाहरुको हातबाट टिका लगाएर मिठो मसिना खाना दिइएको छ । कार्याक्रममा बालबालिकामाझ उनीहरुको नृत्य तथा गायन समेत प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विऊ धान खेती गर्ने किसानलाई दशैं खर्चले खुशी: ६० हजारसम्म पाए किसानले बाेनस
Next post दाेलखाकाे चरङ्गेमा बस पल्टिँदा १ जनाकाे मृत्युः ७ जना घाइते