२४ असाेज २०८१, दोलखा – काठमाडौँबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको यात्रुवाहक बस दोलखाको भीमेश्वर नगरपालिका -८ चरङ्गेमा दुर्घटना भएकाे छ । प्रदेश ३–०१ –००६ ख ४८४३ नम्बरको  बस दुघर्टना हुँदा १ जनाको मृत्यु  भएकाे छ भने ७ भन्दा जना घाइते भएका छन् ।मृत्यु हुनेमा रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ६ का २२ वर्षीय लोक बहादुर श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यक्रम दोलखाको प्रहरी नायव उपरीक्षक युवराजको नेतृत्वमा गएको टोली घाइतेको उद्धार गरी घाइतेलाई उपचार को लागि दोलखा सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पतालमा पुराएको छ ।

बागमती प्रदेश ३ -०१- ०० २४ च ७५१५ नम्बरको ईकाे भ्यानलाई अभिट्याक गर्ने क्रममा बसको सडकमै दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *