३ सय घर परिवार बाढी पीडितलाई राहत सामाग्री वितरण (फाेटाे फिचर)

११ कार्तिक २०८१/झापा

बाढीको अति चपेटामा परेका ३ सय घर परिवारलाई लक्षित गरी राहत सामाग्री वितरण थालिएको छ । अन्तराष्ट्रिय लायन्स क्लव फाउण्डेशनले प्रति घर एक बोरा चामाल, दाल, नुन, चिउरा, साबुन, प्राथमिक उपचार सामाग्री, चप्पल, भाँडाकुडाँ, ओढ्ने ओछ्याउने कपडा, झुल सहितको सामाग्रीको प्याकेज वितरण गरिएको छ ।

झापाको सवै भन्दा धेरै बाढी प्रभावित क्षेत्र झापा र गौरीगंज गाउँपालिकाका ३ वटा गाउँका १ सय ६० घर परिवारलाई शुक्रबार राहत प्याकेज वितरण गरिएको छ । यस्तै लायन्स क्लव अफ झापाको इएमआर २५०४१÷३२५ सी इमरजेन्सी ग्राण्ड अन्तर्गत पूर्वी नेपालको ताप्लेजुङ र सुनसरी सहित ३ सय घर परिवारमा २० लाख मुल्य बराबरको सामाग्री वितरण कार्य थालिएको डिस्ट्रिक्ट गोभर्नर विकास अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार शनिबार झापा र गौरीगंज गाउँपालिकाको मिलनबस्ती र चौरीमा गरी १ सय ६० घर परिवारलाई राहत वितरण गरिएको छ । यस्तै आज सुनसरीमा ६० घर परिवारलाई राहत वितरण गरिएको छ । यस्तै केही दिनमा ताप्लेजुङमा ८० घर परिवारलाई राहत वितरण गरिने बताउनु भयो ।

राहत जिल्लाका राजनैतिक नेतृत्व, सुरक्षाकर्मी, जनप्रतिनिधि र लायन्सका विभिन्न दर्जाका पदाधिकारी लगायतले वितरण गरेका छन् । राहत लिने बाढी पीडितले राहतले चाडबाडमा टेवा मिल्ने बताएका छन् । तर आउने बर्षा अगाडि नै दिर्घकालिनरुपमा तटबन्धन गरेर बाढीको समस्या समाधान गर्न उनीहरुले सरकारसँग माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमक हत्यामा संलग्न ३ जना सार्वजनिक