अमेरिकी मिनिष्ट्रिबाट शरणार्थी सुरक्षाका लागि सामान वितरण

१२ कार्तिक २०८१/झापा
झापाको बेलडाँगी शरणार्थी बस्तीमा सुरक्षाका लागि आवश्यक सामाग्री आज एक कार्याक्रमबीच विरतण गरिएको छ । जंगलसँग जोडिएको बस्तीमा अधिक मात्रमा हात्तीले दुःख दिने भएकाले ५ थान इमरजेन्सी साइरन, २७ थान ठूलो क्षमताको टर्च लाइट, वाकी टकी सेट घडी लगायतका सामान प्रदान गरिएको छ । यस्तै शिविर रेखदेख दल र बस्ती व्यवस्थापन समिति सदस्य समेत गरी ५८ जनालाई जुत्ता, टोपी सहितको पोशाक सेट वितरण गरिएको छ ।

पाेशाक लगाए पछिकाे तस्बिर

दातृ निकायले छाडे पछि पोशाकविहीन बन्न पुगेको स्वयम्सेवी संस्थामा अमेरिकामा रहेको भुटानीको इसाइ समाजको संस्था नेटवर्क मिनिष्ट्रीले गरेको सहयोगले ठूलो टेवा दिने बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बाले बताउनु भयो ।
सुब्बाले आगामी दिनमा शरणार्थीलाई जिविकोपार्जनमा जोड्ने खालका योजनामा समेत सहयोग गर्न समकालिन नेपालीभाषी भुटानी अमेरिकी युवाहरुलाई आग्रह गर्नु भएको छ ।


तेस्रो मुलुक पूनर्वास हुनु भएका पूर्व शिविर सचिव टिकाराम रसाइली सहितको नेटवर्क मिनिस्ट्री अमेरिकाको टोलीले सामान वितरण गरेको हो । कार्याक्रममा बोल्दै पूर्व सचिव रसाइलीले शरणार्थीहरु अव मागि खाने मात्र नभइ स्वलम्भी बन्नु पर्ने बताउनु भयो ।
उहाँले ३३ बर्ष देखि शिविरमा बसेका भुटानी शरणार्थीहरु भोलि शिविर बाहिर जानु पर्दा के गरिखाने, के शीप जानेको हुनु पर्ने जस्ता कुरामा आत्मानिर्भर बन्ने बाटोमा लाग्नु पर्ने बताउनु भयो ।


कार्यक्रममा पास्टरहरु रिचार्ड दास, राम विश्वकर्मा लगायतले शरणार्थी बस्तीमा सहयोग गर्न आपूmहरु तयार रहेको बताएका छन् ।
शरणार्थीहरुको सुरक्षा र व्यवस्थापनमा स्वयम् सेवकको रुपमा खट्ने कर्मचारीहरुको उचित व्यवस्थापन हुन नसक्दा सुरक्षामै चुनौती आएको भन्दै तेस्रो मुलुक पुगेका भूटानी अमेरिकी युवाहरुले सहयोग गरेको बताउनु भयो । यस्तै अव शरणार्थीलाई स्वलम्भी बनाउन जग्गा भाडामा लिएर कृषिसँग जोड्ने योजनामा समेत सहयोग गरिने नेटवर्क मिनिष्ट्रीका संयोजक राजु क्षेत्रीले बताउनु भयो ।
कार्याक्रममा सहयोगी संस्थालाई वस्ती व्यवस्थापन समितिले प्रशंसा पत्रबाट सम्मान समेत गरिएको छ । यस्तै शिविर रेखदेख दलले समेत खादा र माला लगाएर सम्मान गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ३ सय घर परिवार बाढी पीडितलाई राहत सामाग्री वितरण (फाेटाे फिचर)
Next post गुरुङले दिएको जग्गामा कुनै संरचना नबनाउन एमालेलाई सर्वोच्चको अल्पकालीन अन्तिरम आदेश