१३ कार्तिक २०८१/झापा

विश्व खाद्य दिवस २०८१ को अवसरमा झापामा पालिका स्तरीय निबन्ध लेखन प्रतियोगितामा मेची नगर प्रथम भएको छ ।
कृषि ज्ञान केन्द्र झापाको आयोजनामा केन्द्रको कार्यालयमा सोमबार भएको कार्याक्रममा १३ वटा पालिकाले भाग लिएका छन् । झापाको बुद्धशान्ति र दमक नगरपालिकाले भने भाग लिएका छैनन् । १ घण्टाको समयावधीमा प्रत्यक्ष परिक्षा प्रणालीमा लेखन प्रतियोगिता गरिएकोमा मेचिनगर प्रथम भएको हो । सुखी जीवन र सम्मुनत भविष्यका लागि खाद्य अधिकार नामक शीर्षकमा लेख्न लगाइएको निबन्धमा कक्षा १० सम्मका विधार्थीले भाग लिएका छन् ।


मेचिनगर नगरपालिका वडा नं. ८ को आदर्श माविकी हिमा राजवंशी प्रथम, बाह्रदशी गाउँपालिका वडा नं. ५ को फुलबारी माविकी शिवानी पोख्रेल दोस्रो, कचनकवल गाउँपालिका वडा नं. ४ महेन्द्र रत्न माविकी नमिता गणेश तेस्रो भएका छन् ।

प्रथम, दोस्रो र तेस्रो हुनेलाई कार्याक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँँस्तोलाले क्रमश नगद १०, ७ र ५ हजार सहित प्रमाण पत्र वितरण गर्नु भएको छ । कार्याक्रममा शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख देवेन्द्रबहादुर मल्ल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराई, कृषि विकास फार्म चन्द्रडाँगीका प्रमुख अर्जुन प्रकास सुवेदी लगायतले शुभकामना तथा खाद्य अधिकारबारे बोलेका छन् ।


कार्याक्रममा १ घण्टा लेखन र मुल्याङकन लागि ३ जनाको समिति निर्माण गरिएको ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो ।
जिल्लामा यस बर्ष देखि अनुदान दिने कार्याक्रमलाई कटौति गरे पछि कृषि क्षेत्रका विकास हुने खालका कार्याक्रमलाई जोड दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *