१२ कार्तिक २०८१,  काठमाडौँ– सर्वोच्च अदालतले व्यापारी मिनबहादुर गुरूङबाट दान लिएको जग्गामा एमाले पार्टीले  कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । ज्ञानबाहादुर बस्नेत र श्यामकृष्ण मास्केले दायर गरेको रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमबार सुनुवाइ गर्दै तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश दिएको हो ।

राज्यका निकायहरूबाट विभिन्न मुद्दामा दोषी ठहर भएका गुरूङसँग सत्तारुढ दलले जग्गा लिएकोमा विरोध भइरहेको छ । एमालेले सहयोग लिन कुनै बाधा नपर्ने भन्दै गुरूङकै बचाउ गरिरहेको छ ।

एमालेले बल्खुको मित्रनगरमा व्यापारी गुरूङबाट जग्गा लिएको थियो । उक्त जग्गामा एमालेको पार्टी कार्यालय बनाउने भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र व्यापारी गुरूङले भवन शिलान्यास समेत गरेका छन् ।

यता एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गुरूङकाे भाटभाटेनी समेत उद्घाटन गर्दै हिडेकाले याे जग्गादान नभएर सट्टापट्टा समेत भएकाे भन्दै सामाजिक संजालहरूमा विराेध हुँदै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *