गाैरादहले थाल्याे कृषिमा अन्तरसम्बन्ध खेतीः तेलहन बालीसँगै मौरी पालनले राम्राे फाइदा 

१० माघ २०८१/डिकेश लामा
झापामा तेलहन खेती बढेसँगै किसानले मौरी पालनलाई जोड दिन थालेका छन् । दोहोरो लाभ हुने भए पछि तेलहन बालीसँगै मौरी पालनका लागि स्थानीय तहले अनुदानमा मौरी समेत वितरण गर्न थालेका छन् ।  
गौरादह नगरपालिकामा गत बर्ष देखि फापर र तोरीको खेती विस्तार गरेसँगै मौरी पालनमा जोड दिन थालेको छ । मौरी पाल्दा बालीसँगै मह उत्पादन समेत राम्रो हुने भए पछि अनुदानमा मौरी वितरण कार्याक्रम थालिएको कृषि शाखा प्रमुख शिव न्यौपानेले बताउनु भयो । न्याैपानेका अनुसार याे बर्ष झण्डै ८ लाख रूपयाँ अनुदान वितरण गरी ५५ किसानलाइ तालिम समेत प्रदान गरिएकाे छ ।
फुल फुल्ने तेलहन बाली तोरी, आलस, फिलुङ्गो र फापर खेतीमा मौरी पालन गर्दा राम्रो मह उत्पादन हुने गरेको छ । फुलमा मौरी बस्दा परागसेचनको काम समेत हुने भए पछि बालीको उत्पादनसँगै मह उत्पादन समेत बृद्धि भएको गौरादह नगरपालिकाको नमूना मौरी पालन समूहका अध्यक्ष बमबहादुर श्रेष्ठले बताउनु भयो ।

तोरी र फापर खेतीमा मौरी राख्दा मह समेत अधिक उत्पादन भएको किसानको अनुभव छ । १५ दिनकै अवधिमा ८ घारबाट ३२ किलो मह उत्पादन गरी विक्री गर्न सफल भएको खेतीमा लाग्नु भएका अर्का किसान हेमचन्द्र भट्टराईले बताउनु भयो ।

झापामा विगत २ बर्ष यता झण्डै दोब्बर क्षेत्रफल फापर र तोरी खेती बृद्धि भई १० हजार हेक्टर क्षेत्रफल हाराहारी खेती हुँदै आएको छ । हिउँदमा लगाउने फुल फुल्ने खेतीमा मौरी पालनले खेतीसँगै मह उत्पादन समेत बृद्धि भएको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post संघीयता खोज्दै कलाकारः घुम्ती चलचित्र महोत्सव उत्साहजनकरुपमा सम्पन्न
Next post प्रेस सेन्टर नेपालको प्रदेश अधिवेशन सम्पन्नः अध्यक्षमा राई निर्वाचित