१२ माघ २०८१, बिराटनगर– प्रेस सेन्टर नेपालको तेस्रो प्रदेश अधिवेशनबाट राजन राई अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार राती सम्पन्न अध्यक्ष पदमा भएको निर्वाचन प्रक्रियाबाट अध्यक्षका प्रत्यासी नवराज कट्टेललाई पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनमा अन्य पदाधिकारी र सदस्य सर्वसम्मत भएपनी अध्यक्ष पदका लागि राई र कट्टेल दुबै जनाले आआफ्नो दाबी नछोडेपछी राति १२ बजे निर्वाचन प्रक्रियामा प्रवेश गरेको थियो । अध्यक्षका लागि निर्वाचनमा खसेको ७७ मतमध्ये राईले ४१ मत र कट्टेलले ३६ मत पाएका छन् ।
त्यसैगरी खुल्ला उपाध्यक्षमा सुजन तिमिल्सिना, महिला उपाध्यक्षमा सुजता लिम्बु, समावेशी उपाध्यक्षमा सेसेहाङ लाओती, महासचिवमा गोकुल पराजुली, खुल्ला सचिवमा ईस्वर थापा, जनजाति सचिव डिकेश लामा, महिला सचिवमा विनु तिम्सिना सर्वसम्मत भएका छन् ।
नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी तथा सदस्यलाई प्रमुख अतिथि प्रेस सेन्टरका केन्द्रिय अध्यक्ष बिष्णु साप्कोटा (जुगल) ले प्रमाणपत्र प्रदान गरेका गर्नु भएकाे छ ।
यस्तै नेकपा माओवादी केन्द्र प्रदेश फ्याक्सन इञ्चार्ज विजय साम्पाङ्ग, प्रेस युनियनका प्रदेश अध्यक्ष मिनकुमार नवोदित, समाजवादी प्रेस संगठन प्रदेश अध्यक्ष बन्धु पोखरेल लगायतले देश विकासमा संचार क्षेत्रमा सक्षम नेतृत्व छनाैट भएकाे भन्दै शुभकामन दिनु भएकाे छ। प्रदेश अध्यक्ष विनोद घिमिरेको अध्यक्षतामा सम्पन्न प्रदेश अधिवेशनमा वरिष्ठ उपाध्यक्ष नवराज कट्टेलले स्वागत र महासचिव सुजन तिम्सिनाले सञ्चालन गर्नु भएकाे थियाे ।
