0 0
Read Time:4 Minute, 0 Second
१४ माघ २०८१/डिकेश लामा  

नेपालको ठूला श्रेणीमा पर्ने पोखरामा रहेको सुजल डेरीले लामो समय देखि दुधको भुक्तानी नदिएकाले दुग्ध सहकारी संस्था जोखिममा परेका छन् । झापाकाे कमल र गौरादह नगरपालिकाका किसानले झण्डै ३ करोड रुपयाँ पाउन नसक्दा दुध संकलन र विक्रीमा नै समस्या आउन थालेको छ ।झापाको गौरादह र कमलका आधा दर्जन हाराहारी साना कृषि सहकारीले दुधको कारोवार नै बन्द गर्नु पर्ने अवस्था सृजना भएको छ । ८ महिना देखिको ८७ लाख रुपयाँ भुक्तानी नपाउँदा आफूहरुले ऋण काढेर किसानलाई दिएकाले पैसाको कारोवार गर्न नसक्ने अवस्था आएको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाका प्रमुख प्रबन्धक चिरञ्जीवि भण्डारीले बताउनु भयो । केही दिन अघि कमल गाउँपालिकामा रहेकाे सुजल डेरीकाे सम्पर्क तथा संकलन शाखा केन्द्रमा गएर रमक भुक्तानीकाे माग गरिएकाे भए पनि पाउने सुनिश्चितता नभएकाे उहाँले बताउनु भयाे । रकम माग गर्दा दुध संकलन बन्द गराउनु भन्न्रे जस्ता जवाफले अाफूहरू समस्यामा परेकाे उहाँले बताउनु भयाे ।

फाेटाेः सुजल डेरीकाे शाखा केन्द्र केर्खामा रकम माग गर्न पुगेका सहकारी संचालकहरू

यस्तै वैगुन्धुरा साना किसान सहकारीको समेत १ करोड रुपयाँ हाराहारीमा नगद सुजल डेरीबाट पाउन बाँकी छ । लामो समय देखि दुधको भुक्तानी नपाउँदा किसानको दुध नै रोक्नु पर्ने अवस्था आएको छ । दुध विक्री नुहँदा किसानहरु मारमा परेका छन् ।

यता दमक नगरपालिका वडा नं. ३ का किसान चेतन विष्ट विदेशबाट आएर ५ बर्ष देखि गाइ पालन गर्दै आउनु भएको थियाे । झण्डै ३० वटा गाई रहेको फार्म दुधको भुक्तानी नपाउँदा गाई नै विक्री गर्दै पेशाबाटै विस्थापित हुनु पर्ने अवस्था आएको उहाँले गुनासो पोख्नु भयो । हाल उहाँले ९० प्रतिशत हाराहारीमा गाइहरू विक्री गरीसक्नु भएकाे छ ।

यता पाेखरामा मुख्य संकलन केन्द्र रहेकाे सुजल डेरीका प्रमुख प्रबन्धक गजेन्द्र वस्तीका अनुसार बैंकबाट ऋण लिने प्रकृया ढिलाइ भएकाले दुध संकलन गर्दै अाएका सहकारी संस्थाहरूकाे भुक्तानी दिन ढिलाइ भएकाे बताउनु भयाे । उहाँले सारासन्देशसँगकाे प्रतिनिधसँग फाेनमा भएका कुराकानीमा माघ महिनाभर धेरैकाे भुक्तानी गरिने बताउनु भयाे । दैनिक २ लाख लिटर दुध संकलन गर्दै अाएकाे डेरीले कमल र गाैरादह क्षेत्रमा मात्र ३ कराेड रूपयाँ भुक्तानी गर्नु पर्ने रहेकाे बताउनु भयाे ।

झापा जिल्लामा १ सय हाराहारीका ठूला साना कृषि फार्मबाट दैनिक झण्डै २ लाख लिटर दुध उत्पादन हुने गर्दछ । तर पछिल्लो समय दुधको भुक्तानी नपाउँने समस्याले पशुपालन व्यवसायबाट विस्तापित हुनु पर्ने अवस्था आएको किसानले गुनासो पोखेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *