२४ माघ २०८१, चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।
चितवनको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेलाई सो धरौटी रकम लिएर रिहा गर्न आदेश भएको सो पार्टीका सांसद हरि ढकालले जानकारी दिनुभयो ।
अहिले धरौटी बापतको रकम जुटाउने तयारी भैरहेको र सो रकम बराबरको बैंक ग्यारेण्टी बुझाउने तयारी भएको सांसद ढकालले बताउनुभयो । वैंक ग्यारेन्टीसँगै उहाँ रिहा हुनु भएकाे छ ।
यस अघि पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत, कास्कीले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। लामिछानेले धरौटी बुझाएर लामिछाने रिहा भएका हुन्।
